५ माघ २०८२, सोमबार | January 20, 2026

क्वारेन्टाइन भित्रै पुग्यो रक्सीको बोटल, ४१ जना क्वारेन्टाइन छाडेर भागे



कपिलवस्तु । आइसोलेसन र क्वारेन्टाइनबाट भाग्ने श्रृंखला निरन्तर जारी छ । धनुषा र पर्सामा आइसोलेसनबाट संक्रमित फरार भएको तथा बांकेमा क्वारेन्टाइनबाट भागेको समाचार आईरहेका बेला कपिलवस्तुको एउटा क्वारेन्टाईनबाट ४१ जना एकै पटक भागेका छन् । कपिलवस्तु नगरपालिका वडा नं. ४ को मालपारामा रहेको क्वारेन्टाईनबाट ४१ जना एकै पटक भागेका हुन् ।

क्वारेन्टाइन भित्रै मदिरा सेवन गरि दुई समुहबीच भनाभन भए पछी क्वारेन्टाईनबाट छाडेर भागेको बताइृएको छ। उनीहरु सुन्दर आधारभुत विद्यालय मा रहेको क्वारेन्टाईनमा रहेका थिए । क्वारेन्टाईनमा वसेको करीव १४ दिन पुगेको एक दुई दिनमा संक्रमण परिक्षण गरी बिदा गर्ने तयारी भईरहेको बेला उनीहरु भागेको क्वारेन्टाइन ब्यवस्थापनमा खटिएका एक कर्मचारीले बताए । यस अघि चितवनको एक क्वारेन्टाइनमा मदिरा सप्लाई गर्ने कारवाहीमा परेका थिए । कपिलवस्तुको क्वारेन्टाइनमा मदिरा कसरी पुग्यो भन्ने बिषयमा कसैले चासो देखाएको छैन ।

उनीहरु मध्ये धेरै भारतको मुम्वईबाट आएका थिए । कपिलवस्तुमा मुम्वईवाट आएका धेरैमा कोरोना संक्रमण समेत देखिएको छ । भारतीय सिमा नाघेर नेपाल भित्रिएका उक्त क्वारेन्टाईनमा कपिलवस्तुका ४ गाउका मानिसहरुलाई राखिएको छ । क्वारेन्टाइनमा मालपारा,गोपालपुर, विरपुर लगायतका गाउका स्थानीयलाई राखिएको छ । प्रशासनले सुरक्षा प्रदान नगरेकोकारण क्वारेन्टाईनमा बसेकाहरु गांउजाने रक्सी खाने गरेको कपिलवस्तु नगरपालिका ४ का वार्ड अध्यक्ष रबिन्द्र तिवारीले बताउनुभयो । मालमाराका ३ जनाले मदिरा सेवन गरी हो हल्ला र झगडा गर्न खोजेपछि उनीहरु क्यारेन्टाईन छाडेर गएको तिवारीले बताउनुभयो ।

क्वारेन्टाईनमा वसेकालाई नगरपालिकाले बस्ने ब्यवस्थापन गरेपनि खानाको प्रबन्ध नगरेकाले आफ्नै घरवाट खाना लिएर परिवारले खुवाईरहेकाछन् । खाना कपडा घरघरबाट ल्याउने लैजाने गर्दा असुरक्षा र जोखिम बढेको स्थानीयको गुनासो छ । क्वारेन्टाईन व्यवस्थीत नहुदा कपिलवस्तुका क्वारेन्टाईनबाट पटक पटक मानिसहरु भाग्ने गरेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ८ : ३४ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच