४ पुस २०८२, शुक्रबार | December 19, 2025

अर्थमन्त्रीबाट आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक, चालु आर्थिक वर्षको वृद्धिदर २.३ प्रतिशतमा सीमित



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २।३ प्रतिशतमा खुम्चिने अनुमान रहेको बताउनुभएको हो ।

गत फागुनपछि सुरु भएको कोरोना भाइरसको महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने अवस्थामा पुगको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

यसअघि गत वैशाख १७ गते केन्द्रीय तथ्यांक विभागले चालुृ वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । तथ्यांक विभागको भन्दा सरकारले अनुमान गरेको वृद्धिदर ०.०३ प्रतिशत बढी रहेको छ ।

सरकारले ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  २ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको