१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु



काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा कार्यभार सुरु गरेका छन्। केसीले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज पद तथा गोपनियताको शपथ लिएका थिए ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाएका हुन् । ज्येष्ठ सदस्य केसीलाई संसद् सचिवालयका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

संसद् सचिवालयले भोलि बिहीबार ज्येष्ठ सदस्य केसीबाट प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ जना सदस्यलाई शपथ गराउने कार्यक्रम तय गरेको छ । नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठकको अध्यक्षता गर्नेछन् ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १ : ५६ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट