१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रुकुम घटनाबारे संसदमा हंगामा, जनार्दन शर्मा बोल्न खोज्दा काँग्रेस सांसदको अवरोध



काठमाडौं । पश्चिम रुकुमको चौरजाहारीमा भएको घटनाबारे संसदमा सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदहरुबीच आरोप प्रत्यारोप चलेको छ ।

रुकुम पश्चिमा सांसद जनार्दन शर्माले घटनाबारे संसदमा बोल्न खोजेपछि नेपाली काँग्रेसका सांसदहरुले होहल्ला गर्दै अवरोध पुर्याएका छन् । कांग्रेसका सांसदहरुले घटनामा पुर्व गृहमन्त्री जनार्दन शर्मा नै पीडकको पक्ष लिएर राजनीतिक पहुँचको आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारुढ दलका सांसद जनार्दन शर्माले छुवाछुतको घटनामा राजनीतिकरण हुन सक्दैन भनेपछि कांग्रेसका सांसदहरुले आपत्ति जनाउदै सांसद शर्माले घटनाका दोषीलाई जोगाउने षडयन्त्र गरेको आरोप लगाए ।

सांसद शर्मा बोल्दै गर्दा प्रतिपक्षी दलका सांसद तथा अन्य दलित सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि केही समय सांसद शर्मा र अरु सांसदहरुबीच भनाभन नै चल्यो । सभामुखले सबै सांसदलाई सम्हालिन आग्रह् गरिरहनुभयो । तर केही समय दुवै तर्फबाट भनाभन चलिरह्यो । आरोप प्रत्यारोप चलिरह्यो ।

विपक्षी सांसद लगायत दलित सांसदरुले शर्मालाई बोल्न रोकेपछि आक्रोशित हुदै सांसद शर्माले, सभामुखले दिएको समयमा बोल्दै गर्दा आपत्ती गर्नु कुन नियमावलिमा छ सभामुख महोदय ? म बोल्न नपाउनु ? मेरो बोल्न पाउने अधिकारको हनन नगरियोस् । म त्यहाँको जनप्रतिनिधि हुँ । त्यहाँको दलितको अधिकारको कुरा पनि मैले राख्न पाउनुपर्छ । बोल्दा बोल्दै आपत्ती गरेको कुरामा मेरो पनि आपत्ती छ ।’

सांसद शर्माले छुवाछुत सम्बन्धी घटनाहरुमा राजनीतिकरण हुन नसक्ने भन्दै रुकुम चौरजहारी घटनाको सत्य तथ्य छानविनका लागि जाजरकोट र रुकुम जिल्ला प्रशासन लागिपरेको बताएपछि गृहमन्त्रीले दिने जस्तो जवाफ दिएको भन्दै कांग्रेसका सांसदहरुले आपत्ती जनाएका थिए ।

सांसद शर्मा पनि बोलेका नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले पुर्व गृहमन्त्री र वहालवाला गृहमन्त्री मिलेर घटनामा संलग्न लाई जोगाउने षडयन्त्र गरेको आरोप लगाउनुभयो ।

यसअघि मंगलबारको बैठकको सुरुमै बोलेका सांसद सांसद मिन बहादुर विश्वकर्माले घटनामा राजनीतिककरण भएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरिय संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्नुभएको थियो । सांसद विश्वकर्माले राजनीतिक दबाब र प्रभावमा जिल्ला प्रशासन कार्यालय परेको भन्दै घटनामा संलग्न भनी पक्राउ गरेका मानिसलाई राजनीतिक पहुँचको आधारमा छोड्ने काम नगर्न सरकारको ध्याननाकर्षण गराउनुभएको थियो । उहाँले मुलुकलकै इतिहासमा त्रासदीपुर्ण र कहालीलाग्दो जातिय दुर्घटना भएको भन्दै छुवाछुत मुक्त राष्ट्र घोषणा गरी वेपत्ताको छानविन गरी मृतकका परिवारलाई राहतको व्यवस्थागर्न माग गर्नुभयो ।

सांसद पार्वती कुमारी विशुन्केले कानुन बनेर व्यवस्था परिर्वतन भएपनि जातिय विभेदको वर्वरताको अन्त्य हुन नसकेको भन्दै त्यसको अन्त्यका लागि सरकारले के गरिरहेको छ भनी गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

प्रेमलाई वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने सपना बोकेर प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विक सहित ३ जनाले ज्यान गुमाएको तथा अन्य ३ जना अझै वेपत्ता भएको भन्दै जातका कारणले मारिने क्रम कहिले सम्म हो भनी प्रश्न गर्नुभयो । उहाँले अन्र्तरजातीय विवाहका कारण कतिले मारिनुपर्ने सभामुख महोदय” भनी उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो “अन्र्तरजातिय प्रेम गर्नुको सँजाय भनेको मारिनु हो ? सभामुख महोदय ?’ उहाँले घटनाको सत्य तथ्य छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्नुभयो ।
सांसद रेणु कुमारी गुरुङले घटनाको निष्पक्ष छाननविन गर्न उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्नुभयो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  २ : ५८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान