१५ चैत्र २०७९, बुधबार | March 29, 2023

बांके प्रहरी कोरोना मुक्त, ६० प्रहरीको रिपोर्ट नेगेटिभ



नेपालगञ्ज । बांकेमा लकडाउन कार्यान्वयन र संक्रमितहरुको उद्दारमा खटिएका प्रहरीहरुमा देखिएको संन्त्रास कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि हटेको छ । बाँकेका ६० जना प्रहरीको पीसीआर जाँचको रिपोर्ट नेगेटिभ आएपछि प्रहरीमा देखिएको त्रास हटेको हो ।

बांकेको नरैनापुरमा एकजना प्रहरी जवानमा संक्रमण देखिएपछि कोरोनाको जोखिमका बिच ड्युटिमा खटिएका प्रहरीको पीसीआर जाँच गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले स्याम्पल लिएर जाँचका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।

नेपालगञ्जमा शुरुमा पोजिटिभ देखिएका ६० वर्षीय पुरुषको स्वाव संकलनको समयदेखि संक्रमितहरु बस्ने टोल सील र संक्रमितहरुलाई लैजाने ल्याउने कार्यमा संलग्न प्रहरीको कोरोना परीक्षण गरिएको थियो ।

बाँकेको नरैनापुरमा एकजना प्रहरीलाई कोरोना देखा परिसकेकाले फिल्डमा खटिएका अरु प्रहरीको जाँच गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जेठ ७ र ८ गते ३ सय ५२ वटा स्याम्पल संकलन गरेर पठाएकोमा ३१ वटा पोजिटिभ र अरु सबै नेगेटिभ आएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ४ : ०४ बजे

देउडा अभिनयमा जम्दै ‘झरना’

महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना

बालुवाटारमा सत्ता गठबन्धन बैठक सुरु, सरकारको न्युनतम साझा कार्यक्रम मुख्य एजेण्डा

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई

आज चैते दशैं, यस्तो छ चैते दशैंको धार्मिक महिमा

काठमाडौं । आज हिन्दुहरुको दोस्रो दशैंकारुपमा चैते दशैं पर्व मनाइँदै

बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ

बलेवा । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई

पर्वतका दीर्घरोगी सरकारी राहतबाट बञ्चित

कुश्मा । सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय