१७ श्रावण २०८३, आइतबार | August 2, 2026

सर्वदलीय बैठक : संविधान संशोधन प्रस्ताव सर्वसम्मत पास गर्न प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावलाई सर्वसम्मत पारित गर्न आग्रह गर्नभएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार साँझ बसेको बैठकमा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई सर्वसम्मत पास गर्न सबै दलहरुलाई आग्रह गर्नुभएको हो ।

सरकारले शुक्रबार दर्ता गरेको संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश हुँदैछ । राष्ट्रियता र देशभक्तिको सवालमा दलहरूबीच एक मत हुनुपर्ने धारणा बैठकमा प्रधानमन्त्रीले राख्नुभएको थियो । देशको मिचिएको भुगोल समेटेर नक्शा जारि गरिएकाले त्यसअनुसारको निशानछाप संशोधन प्रस्ताव सर्वसम्मत पास हुने उहाँले विश्वास गर्नुभयो ।

बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसे केन्द्रीय कार्य समिति बैठक बस्नुपर्ने भन्दै केही समय मागेको छ । यस्तै, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले यही समयमै आफ्ना माग पनि समेट्नुपर्ने बताएका छन् ।

कांग्रेस सभापति शेरवहादुर देउवाले संविधान संशोधनको पक्षमा मतदान गर्न तयार भएको तर केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्नुपर्ने भएकाले केही समय चाहिने बताउनुभयो । देउवाले नक्सा जारी गर्ने बेलामा परामर्श नगरेको भन्दै सरकारको आलोचना पनि गर्नुभयो ।

बैठकमा सपा र राजपाका नेताहरूले मधेशको माग सम्बोधन गर्नुपर्ने माग गरेका छन् । बैठकमा उपस्थित मधेशवादी नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले राष्ट्रियताको विषयमा एकमत हुनुपर्ने भन्दै संविधान संशोधन गर्दा मधेस र आदिवासी जनजातिका माग पनि समेट्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताको विषयमा कुनै शर्त नराख्न आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । राष्ट्रिय हितका विषयमा निःशर्त राष्ट्रिय एकता कायम गर्न आफूले चाहेको प्रधानमन्त्रीले बताएको थापाले जानकारी दिनुभयो ।

बैठकमा नेकपा अध्यक्ष प्रचण्डले संविधान संशोधनका अरु मागका विषयमा छलफल हुँदै जाने भन्दै अहिले निशान छाप सर्वसम्मत रुपमा संशाोधन गर्नुपर्ने बताउनुभएको थियो ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ९ : १९ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो