१७ श्रावण २०८३, आइतबार | August 2, 2026

जिल्लाको एकमात्र सुविधा सम्पन्न अस्पतालको इमर्जेन्सी वार्ड एक हप्ताका लागि सिल



दैलेख । दैलेखको एकमात्र सुविधा सम्पन्न जिल्ला अस्पताल एक हप्ताका लागि इमर्जेन्सी वार्ड सिल गरिएको छ ।

कोरोना पोजेटिभ भएका एक युवा झुक्याएर इमर्जेन्सी वार्डमा भर्ना भएपछि कोरोना नियन्त्रण तथा रोकथाम समितिको आकस्मिक बैठक बसी एक हप्ता सेवा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लाको महावु गाउँपालिकाका ती युवा भारतबाट नआएको झुटो रिपोर्ट दिँदै शनिबार अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका थिए । उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकाले एक हप्ता सेवा बन्द गर्ने निर्णय गरेको जिल्ला कोरोना नियन्त्रण तथा रोकथाम समितिका संयोजक इन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाका अनुसार मधुमेह रोगी ती युवा दिनभर त्यस वार्डमा उपचारका लागि बसेको हुँदा अन्य बिरामी तथा स्वास्थ्यकर्मीलाई सङ्क्रमण नहोस् भनेर इमर्जेन्सी वार्ड बन्द गरिएको हो । यद्यपि सर्वसाधारणका लागि अन्य वार्डमार्फत सेवा दिन वैकल्पिक व्यवस्था गरिएको छ ।

ती युवाको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टिनमा राखिएको छ । ती युवालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ९ : ५३ बजे

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०