४ पुस २०८२, शुक्रबार | December 20, 2025

लायन्स शंकरनगरको भवन आइसोलेसन सेन्टरलाई हस्तान्तरण



बुटवल । लायन्स क्लब अफ शंकरनगरले आफनो भवन कोरोना रोकथाममा प्रयोग गर्ने भएको छ ।

एक समारोहका बिच लायन्स ईन्टरनेशनल डि ३२५ बि का कोचिफ उमंग देवकोटा, क्लबका संस्थापक अध्यक्ष किरण खरेल, क्लबका अध्यक्ष दीपक भण्डारीले वडा नं २ का वडाअध्यक्ष तथा तिलोत्तमा नगर आईसोलेसन सेन्टरका संयोजक दधिराम गौतमलाई भवनको साचो हस्तान्तरण गर्नुभएको हो ।

क्लबका अध्यक्ष दीपक भण्डारीले नगरबासीहरुलाई डेन्टल अस्पतालमार्फत सेवा दिदै आएको क्लबको भवन अस्थाई रुपमा कोरोना रोकथाममा आईसोलेसनको सचिवालयका रुपमा प्रयोग हुने बताउनुभयो ।

क्लबले यसअघि कोरोना अस्थाई अस्पताल र शंकरनगर दुर्गादत्त क्वारेन्टिनलाई १ लाख बराबरको पिपिई र सुरक्षा सामग्री हस्तान्तरण गरेको संस्थापक अध्यक्ष खरेलले बताउनुभयो ।

शंकरनगर स्वस्थ्य चौकीलाई अहिले कोरोना रोकथामका लागि आईसोलेसन सेन्टरका रुपमा संचालन गरिएको छ । जहाँ सुविधासम्पन्न २० बेड रहेको छ । जहाँ अक्सिजन, ईसिजि मेशिन, एक्स रे मेशिन लगायत सुविधा रहेको स्वस्थ्य चौकीका प्रमुख केशव भट्टराईले बताउनुभयो ।

कार्यक्रममा तिनपा वडा नं ३ का वडाध्यक्ष तामनाथ पाण्डे, नेकपा तिलोत्तमा नगरका ईन्चार्ज मोहन चापागाई, संस्थापक अध्यक्ष किरण खरेल, सचिव दिपेश कंडेलले अहिलेको महामारीमा सबै एक ठाउँ भएर लाग्न जरुरी रहेको बताउनुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  १ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको