२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

लायन्स शंकरनगरको भवन आइसोलेसन सेन्टरलाई हस्तान्तरण



बुटवल । लायन्स क्लब अफ शंकरनगरले आफनो भवन कोरोना रोकथाममा प्रयोग गर्ने भएको छ ।

एक समारोहका बिच लायन्स ईन्टरनेशनल डि ३२५ बि का कोचिफ उमंग देवकोटा, क्लबका संस्थापक अध्यक्ष किरण खरेल, क्लबका अध्यक्ष दीपक भण्डारीले वडा नं २ का वडाअध्यक्ष तथा तिलोत्तमा नगर आईसोलेसन सेन्टरका संयोजक दधिराम गौतमलाई भवनको साचो हस्तान्तरण गर्नुभएको हो ।

क्लबका अध्यक्ष दीपक भण्डारीले नगरबासीहरुलाई डेन्टल अस्पतालमार्फत सेवा दिदै आएको क्लबको भवन अस्थाई रुपमा कोरोना रोकथाममा आईसोलेसनको सचिवालयका रुपमा प्रयोग हुने बताउनुभयो ।

क्लबले यसअघि कोरोना अस्थाई अस्पताल र शंकरनगर दुर्गादत्त क्वारेन्टिनलाई १ लाख बराबरको पिपिई र सुरक्षा सामग्री हस्तान्तरण गरेको संस्थापक अध्यक्ष खरेलले बताउनुभयो ।

शंकरनगर स्वस्थ्य चौकीलाई अहिले कोरोना रोकथामका लागि आईसोलेसन सेन्टरका रुपमा संचालन गरिएको छ । जहाँ सुविधासम्पन्न २० बेड रहेको छ । जहाँ अक्सिजन, ईसिजि मेशिन, एक्स रे मेशिन लगायत सुविधा रहेको स्वस्थ्य चौकीका प्रमुख केशव भट्टराईले बताउनुभयो ।

कार्यक्रममा तिनपा वडा नं ३ का वडाध्यक्ष तामनाथ पाण्डे, नेकपा तिलोत्तमा नगरका ईन्चार्ज मोहन चापागाई, संस्थापक अध्यक्ष किरण खरेल, सचिव दिपेश कंडेलले अहिलेको महामारीमा सबै एक ठाउँ भएर लाग्न जरुरी रहेको बताउनुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  १ : ३५ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब