१० असार २०८३, बुधबार | June 24, 2026

तिलोत्तमा नगरपालिकाका १५ जना नगर प्रहरी दिक्षीत



तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले आह्वान गरेको नगर प्रहरी भर्नाबाट छनोट भएका १५ जना नगर प्रहरीलाई आईतबार दिक्षीत गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीमा विगत एक महिनादेखि आधारभूत तालिम लिएका नगर प्रहरीलाई तालिमको समापनसँगै दीक्षीत गरिएको हो ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, उप प्रमुख जगेश्वरी देवि चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद भण्डारी र गणका गर्णपती आनन्द बहादुर थापा तथा नगरपालिकाका कार्यकारी अधिकृत नारायण अर्यालले नगर प्रहरीलाई सामुहिक रुपमा दीक्षीत गरेका हुन् ।

सोही अवसरमा नगर प्रमुख रामकृष्ण खाँणले तालिम सकाएर दीक्षीत भएका नगर प्रहरीहरुलाई स्वागत गदै नगरवासीलाई सुरक्षाको प्रत्याभूती दिलाउनका लागि नै नगर प्रहरीको संख्या बढाएको बताए । उनले राज्यको दाईत्व पहिला गांस बांस र कपास रहेकोमा त्यसमा अहिले शिक्षा, स्वास्थ्य र सुरक्षा थपिएकोले स्थानीय तहले पनि नगरवासीको सुरक्षाको जिम्मा लिनु पर्ने भएकाले नगर प्रहरीको जिम्मेवारी निकै प्रभावकारी हुने धारणा राखे ।

उपप्रमुख जगेश्वरी देवी चौधरीले तालिमका दौरानमा सिकेका विषयलाई कार्यस्थलमा हुबहु प्रयोग गर्दै नगर र सार्वजनिक सम्पत्तिको सुरक्षासँगै आमनागरिकको सेवामा खट्नेमा विश्वास व्यक्त गरिन । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद भण्डारीले तालिममा सिकेका विषयलाई व्यवहारमा कार्यान्वयन गर्न सुझाव दिए । गणका गणपती आनन्द थापाको अध्यक्षतामा दीक्षान्त कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : ५४ बजे

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको