९ भदौ २०८३, मंगलबार | August 26, 2026

साबधान ! कोरोना कोरोना मात्र नभनौं, डेङ्गुले सक्याउला



काठमाडौं । यतिबेला कोरोना भाइरसको महामारीले विश्व नै तनावमा छ । कोरोना संक्रमणबाट नेपाल पनि नराम्रोगरी प्रभावित भएको छ । तर, यो समय कोरोना मात्र होइन अर्को यौटा खतरनाक रोगको समय पनि हो ।

हामीले केही वर्षदेखि सुन्दै आएको डेङ्गुको महामारी फैलिन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम मानिसलाई सचेत बन्न चेतावनी दिएको छ । मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डेङ्गु रोगको पनि लक्षण देखिन थालेको भन्दै सबैलाई सचेत बन्न आग्रह गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले समयमै सचेतना नअपनाए कोरोना भाइरसँगै डेङ्गुको महामारी समेत फैलिन सक्ने चेतावनी दिनुभएको छ । डा. पाण्डेले घरमा बस्दा, क्वारेन्टाइनमा बस्दा, यताउति हिँड्दा समेत सचेत बन्नुपर्ने जानकारी दिनुभयो ।

त्यसो त यो मौसम नै विभिन्न रोगका महामारी फैलिने उपयुक्त समय हो । यस समयमा डेङ्गु, मलेरिया, सर्पदंश, झाडापखलाका समस्या अत्याधिक आउने भन्दै डा. पाण्डेले जोखिमबाट वच्न पूर्वतयारी र सर्तकता अपनाउन आग्रह पनि गर्नुभएको छ ।

गत वर्ष नेपालमा डेङ्गुले महामारीको रुप लिएको थियो । नेपालमा १६ वर्षअघिदेखि देखिन थालेको डेङ्गुबाट गत वर्ष मात्र १६ हजार व्यक्ति संक्रमित भएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

‘विशेषगरी बैशाखदेखि मंसिरसम्म डेङ्गुको संक्रमण बढी हुन्छ । यसपटक पुषबाटै डेङ्गु देखिएको छ । डा. पाण्डेले भन्नुभयो, ‘अहिलेसम्म ८२ जना संक्रमित भैसकेका छन्, जसमध्ये रुपन्देहीमा मात्रै ३५ जना रहेका छन् ।’

हरेक दुई तीन वर्षमा डेङ्गुले महामारीको रुप लिने गरेको डा. पाण्डेले बताउनुभयो । त्यसो त विश्वमा पनि डेङ्गुका बिरामी बढिरहेका छन् । पाण्डेका अनुसार विश्वको आधा जनसंख्या डेङ्गुको जोखिममा रहेको छ ।

एकप्रकारको लामखुट्टेबाट सर्ने यो रोग विशेषगरी शहरी क्षेत्र र शहरउन्मुख क्षेत्रमा बढ्दो क्रममा छ । पानी जम्ने स्थान डेङ्गु जन्माउने लामखुट्टेका लागि उपयुक्त बासस्थान हो ।

ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने, पेटलगायत शरीरका विभिन्न भागमा डाबर आउने डेङ्गुको लक्षण हो । नाक तथा गिंजाबाट रक्तश्राव पनि हुनेगर्छ ।

बिरामीको विशेष हेरचाह गरिएन भने मृत्युसम्म हुन्छ । डेङ्गु लागेको समयमा ब्रुफिन र एस्प्रिनजस्ता औषधीको सेवन गर्न नहुने डा. पाण्डेले जानकारी गराउनुभएको छ ।

यसबाट वच्न पुरै शरीर ढाकिने गरी कपडा लगाउने, झुलभित्र सुत्ने, घर वरिपरि कतै पनि पानी जम्न नदिने सामान्य काम गरिहाल्नुपर्छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ५ : ०२ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त