९ चैत्र २०७९, बिहिबार | March 23, 2023

साबधान ! कोरोना कोरोना मात्र नभनौं, डेङ्गुले सक्याउला



काठमाडौं । यतिबेला कोरोना भाइरसको महामारीले विश्व नै तनावमा छ । कोरोना संक्रमणबाट नेपाल पनि नराम्रोगरी प्रभावित भएको छ । तर, यो समय कोरोना मात्र होइन अर्को यौटा खतरनाक रोगको समय पनि हो ।

हामीले केही वर्षदेखि सुन्दै आएको डेङ्गुको महामारी फैलिन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम मानिसलाई सचेत बन्न चेतावनी दिएको छ । मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डेङ्गु रोगको पनि लक्षण देखिन थालेको भन्दै सबैलाई सचेत बन्न आग्रह गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले समयमै सचेतना नअपनाए कोरोना भाइरसँगै डेङ्गुको महामारी समेत फैलिन सक्ने चेतावनी दिनुभएको छ । डा. पाण्डेले घरमा बस्दा, क्वारेन्टाइनमा बस्दा, यताउति हिँड्दा समेत सचेत बन्नुपर्ने जानकारी दिनुभयो ।

त्यसो त यो मौसम नै विभिन्न रोगका महामारी फैलिने उपयुक्त समय हो । यस समयमा डेङ्गु, मलेरिया, सर्पदंश, झाडापखलाका समस्या अत्याधिक आउने भन्दै डा. पाण्डेले जोखिमबाट वच्न पूर्वतयारी र सर्तकता अपनाउन आग्रह पनि गर्नुभएको छ ।

गत वर्ष नेपालमा डेङ्गुले महामारीको रुप लिएको थियो । नेपालमा १६ वर्षअघिदेखि देखिन थालेको डेङ्गुबाट गत वर्ष मात्र १६ हजार व्यक्ति संक्रमित भएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

‘विशेषगरी बैशाखदेखि मंसिरसम्म डेङ्गुको संक्रमण बढी हुन्छ । यसपटक पुषबाटै डेङ्गु देखिएको छ । डा. पाण्डेले भन्नुभयो, ‘अहिलेसम्म ८२ जना संक्रमित भैसकेका छन्, जसमध्ये रुपन्देहीमा मात्रै ३५ जना रहेका छन् ।’

हरेक दुई तीन वर्षमा डेङ्गुले महामारीको रुप लिने गरेको डा. पाण्डेले बताउनुभयो । त्यसो त विश्वमा पनि डेङ्गुका बिरामी बढिरहेका छन् । पाण्डेका अनुसार विश्वको आधा जनसंख्या डेङ्गुको जोखिममा रहेको छ ।

एकप्रकारको लामखुट्टेबाट सर्ने यो रोग विशेषगरी शहरी क्षेत्र र शहरउन्मुख क्षेत्रमा बढ्दो क्रममा छ । पानी जम्ने स्थान डेङ्गु जन्माउने लामखुट्टेका लागि उपयुक्त बासस्थान हो ।

ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने, पेटलगायत शरीरका विभिन्न भागमा डाबर आउने डेङ्गुको लक्षण हो । नाक तथा गिंजाबाट रक्तश्राव पनि हुनेगर्छ ।

बिरामीको विशेष हेरचाह गरिएन भने मृत्युसम्म हुन्छ । डेङ्गु लागेको समयमा ब्रुफिन र एस्प्रिनजस्ता औषधीको सेवन गर्न नहुने डा. पाण्डेले जानकारी गराउनुभएको छ ।

यसबाट वच्न पुरै शरीर ढाकिने गरी कपडा लगाउने, झुलभित्र सुत्ने, घर वरिपरि कतै पनि पानी जम्न नदिने सामान्य काम गरिहाल्नुपर्छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ५ : ०२ बजे

पस्मिनाको गुणस्तर परीक्षणका लागि विज्ञ टोली मुस्ताङमा

म्याग्दी । पस्मिनाको कच्चापदार्थ च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षणका लागि विज्ञ

लोसपाद्वारा बैठक आह्वान

काठमाडौं । आगमी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

काठमाडौं । चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ

आजको मौसम : कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव

सत्तारुढ गठबन्धनको बैठक :’अयोग्य लडाकुलाई दुई लाखका दरले रकम दिने निर्णय भएको छैन’

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत