७ आश्विन २०८३, बुधबार | September 23, 2026

एचआईभी संक्रमित बालबालिकालाई राहत वितरण



राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित बालबालिकालाई राहत स्वरुप पोषण युक्त खाद्यान्न उपलब्ध गराएको छ ।

एनएपीएनले देशभर रहेका सबै एचआईभी संक्रमित बालबालिकालाई घरघरमै पुगेर पोषणयुक्त खाद्यन्न उपलब्ध गराएको हो ।

लकडाउनका कारण बालबालिकालाई पोषण युक्त खाद्यान्नको अभाव हुन नदिन राहत उपलब्ध गराइएको एनएपीएनका अध्यक्ष राजेश दिदीयाले बताउनुभयो । उहाँले पहिलो चरणमा १२ वर्ष मुनिका ६ सय ६८ बालबालिका र दोस्रो चरणमा १३ वर्ष देखि १८ वर्ष सम्मका ६ सय १७ जना किशोरकिशोरीहरुलाई दुई महिनाको लागि पुग्ने गरी खाद्यान्न तथा पोषण उपलब्ध गराएको बताउनुभयो ।

ग्लोबल फण्डको क्षेत्रीय सहयोगबाट बालबालिका र किशोरकिशोरीहरुलाई राहत उपलब्ध गराइएको अध्यक्ष दिदीयाले बताउनुभयो । एनएपीएनले ८ किलो चामल, दुई किलो दाल, दुई किलो गेडागुडी, १५ वटा अन्डा, दुई किलो गहुँको पीठो, एक किलो चिनी, खाने तेल डेढ लिटर र एक लिटर फलफूलको जुस वितरण गरेको हो ।

यस्तै एनएपीएनले ४५ वर्ष माथिका ७ सय ३२ एचआईभी संक्रमितलाई पनि दुई महिनालाई पुग्ने खाद्यान्न तथा पोषणा उपलब्ध गराएको छ । अहिले देश भर करिब १८ हजार एचआईभी संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  १२ : ३४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११