१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

तथ्याङ्क बोल्छ, – नेपालमा कोरोना संक्रमणको मूल स्रोत छिमेकी भारत



सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबारे यौटा महत्वपूर्ण कुरा भन्नुभएका थियो, नेपालमा कोरोना भाइरस फैलिँदो क्रममा छ । प्रधानमन्त्रीले थप पुष्टि गर्दै भन्नुभएको थियो, नेपालमा लागेको कोरोना चीन, इटली र दुवईको भन्दा फरक छ । भारतबाट आएको कोरोना चीनको, इटलीको, दुवईको भन्दा भारतको कोरोना खतरनाक रहेछ । संसदमा प्रधानमन्त्रीले बोल्दै गर्दा उता भारतमा प्रधानमन्त्री ओलीको यो भनाइ भाइरल बनिसकेको थियो । भारतीय टेलिभिजन च्यानल र बुद्धिजीविहरुले घाँटी सुकाउँदै विश्लेषण सुरु गरिसकेका थिए, ‘नेपालका प्रधानमन्त्रीले चीनको भन्दा भारतको कोरोनालाई खतरनाक भने ।’ नेपालका प्रधामन्त्रीले चीनको योजनामा भारतमाथि आरोप लगाउँदैछन् । उनीहरुले के के भने केके भने, त्यता तिर धेरै नजाऊँ ।

तर, तथ्यले बताइरहेको छ, नेपालमा भारतबाटै कोरोना संक्रमण फैलिएको छ । पछिल्लो पटक नेपालमा कोरोना संक्रमणको जुन बाढी आउँदैछ, त्यो चीनबाट आएको हैन, न त इटली र दुवईबाट आएको हो । यो भारतबाटै आएको हो । प्रधानमन्त्री ओलीले यसैलाई संकेत गर्नुभएको थियो । तथ्याङ्कले समेत पुष्टि गरेको छ ।

सबैलाई थाहा छ, भारतले नेपाली नागरिकलाई सुरुमा नेपाल आउन दिएन । न त नेपाल सरकाले नै आफ्ना नागरिकलाई ल्याउने प्रयास गर्यो । लुकिछिपि आउने नेपाली नागरिकले कोरोना पनि भित्र्याए । त्यसबेलासम्म नियन्त्रणकै अवस्थामा रहेको थियो ।

जब भारतले लकडाउनलाई खुकुलो बनाउँदै रेल सेवा सुरु गर्यो । सँगसँगै कोरोना भाइरस पनि रेलमार्ग सडकमार्ग र पैदलयात्रासँगै नेपाल भित्रियो । भारतले आफ्नो मुलुकमा कोरोना उत्पादन अत्याधिक गर्यो । नेपाली नागरिकलाई पनि कोरोना सर्यो । संकटको बेलामा भारतबाट नेपाली नागरिक घर फर्किने क्रमको लर्को लाग्यो, कोरोना भाइरसको संक्रमण पनि उनीहरुको साथ साथ नेपाल भित्रियो । सबै प्रदेशमा कोरोना भाइरसका संक्रमित पुगिसकेका छन् ।

तथ्याङ्क
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६१ जिल्लामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयको तथ्याङ्कले देखाउँछ, बैशाख २६ गतेसम्म कोरोना संक्रमितको संख्या १ सयको हाराहारी थियो । त्यतिबेलासम्म क्वारेन्टाइनमा १५ हजार बढी व्यक्ति रहेका थिए । भारतबाट फाट्फुट् आउनेक्रम थियो त्यो बेलामा ।

जेठ १५ गतेसम्म आउँदा संक्रमित हुनेको संख्या १ हजार नाघ्यो । क्वारेन्टाइनमा ८६ हजार बढी व्यक्तिलाई राख्नु पर्यो । उनीहरु तेस्रो मुलुकबाट आएका नागरिक थिएनन् । भारतबाटै घर फर्किएकाहरु थिए ।

जेठ २० गतेसम्म आइपुग्दा २ हजार संक्रमित पुगे । क्वारेन्टाइनमा १ लाख ४५ हजार राखिएको छ । जति पनि क्वारेन्टाइनमा राखिएको छ । भारतबाटै आएकाहरु रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भन्नुहुन्छ, ‘भारतबाट अझै मानिसहरु आउनेक्रम जारी छ । परीक्षणको दायरा पनि त्यसैअनुसार फराकिलो बनाउँदै जानुपरेको छ ।’

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका ९० प्रतिशत संक्रमित भारतबाट आएको दाबी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, ‘प्रदेश ५ कोरोना संक्रमित मध्ये ९० प्रतिशत भारतबाट आएर क्वारेन्टिनमा बस्नेहरु छन् । बाँकी उनीहरुको सम्पर्क आएका र व्यवस्थापनमा संलग्न छन् । केही मात्र अन्य प्रदेशबाट संक्रमित भएर आएकाहरु छन् । नेपालगन्जको एउटा केसलाई अलग गर्ने हो भने प्रदेशमा समुदायस्तरमा संक्रमण फैलिएको अवस्था देखिएको छैन । विदेशबाट आउनेको सुरक्षित व्यवस्थापन गर्नसक्ने हो भने साउन महिना भित्रै संक्रमणको दरलाई स्थिर बनाएर क्रमशः नियन्त्रण गर्न सकिन्छ । प्रदेश सरकार सकेसम्म छिटो कोभिड–१९ को बढ्दो संक्रमण दरलाई स्थिर बनाउने गरी अघि बढिरहेको छ ।’

प्रदेश १ को संखुवासभामा देखिएका दुई जना व्यक्तिमा केही दिन अघि कोरोना संक्रमण देखियो । उनीहरु भारतबाटै घर फर्किएका थिए । प्रदेश ४ को म्याग्दीका एक पुरुषलाई कोरोना लाग्यो, उनी पनि भारतबाटै आएका थिए । छिमेकी बागलुङका ६ जनालाई कोरोना लाग्यो, भारतबाटै कोरोना आयो ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको लामो समयसम्म कर्णाली प्रदेश सुरक्षित थियो । तर, लाग्थ्यो, कर्णाली प्रदेशमा कारोना पुग्नेछैन । यो प्रदेश कोरोनाबाट मुक्त नै रहनेछ । दैलेख, बाजुरा, कालिकोट लगायतका जिल्लामा कोरोना संक्रमण निकै बढिरहेको छ । तर, त्यहाँको संक्रमणको स्रोत पनि भारत नै रहेको छ ।

सबै तथ्याङ्कले बोलेको छ, कोरोना जति भित्रियो भारतबाटै भित्रियो । भारतले दिएको उपहार बोकेर नेपाली नागरिक स्वदेश फर्किन बाध्य बन्नु पर्यो । भारतबाट आयातित कोरोना अब कहाँ छैन भन्नुपर्ने अवस्था आइसकेको छ । भारतमा जुन रफ्तारमा कोरोना संक्रमण दर बढ्दो छ, नेपालमा पनि त्यसको बाछिटाले काम गरेयो ।

दक्षिण एशियामा भारत सबैभन्दा धेरै प्रभावित छ । जनसंख्याको हिसाबले प्रभावको तथ्याङ्क कम देखिए पनि भारतभित्र देखिएको अस्तव्यस्त अवस्था अन्य मुलुकहरुमा कमै मात्र छ । भारतीय विज्ञहरुले नै भनेका छन्, भारतको कोरोनाले भित्रभित्रै भुसको आगो बनिरहेको छ । भारतको कोरोना नियन्त्रण त हुनेखानेहरुमा देखिएको छ । आम मजदुर वर्ग हुँदा खाने वर्ग कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बन्दै गएको छ । त्यसैको परिणाम, भारतमा मजदुर गर्न गएका नेपालीमा नै कोरोना संक्रमण बढिरहेको छ ।

नेपालमा भारतबाट घर फर्किनेहरु अझ धेरै बढ्दैछन् । हजारमा होइन लाखौंमा । तिमध्ये १० प्रतिशतमा पनि कोरोना संक्रमण देखियो भने अनुमान लगाउँ दशौं हजार संक्रमितको देशमा दर्ता हुनेछ नेपाल । त्यसका लागि व्यवस्थापकीय तयारी राम्रोसँग भएन भने नेपालको कोरोना नियन्त्रण संकटपूर्ण अवस्थामा पुग्नेदेखिन्छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ५ : ४९ बजे

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को