१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

पान्डामिक भर्चुअल गेम्समा नेपाललाई चार स्वर्ण प्राप्त



काठमाडौं । विश्व मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) ले आयोजना गरेको अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण पदक जितेका छन् ।

अनलाइनमार्फत गरिएको प्रतियोगितामा नेपालले ४ स्वर्णसहित २ रजत र १ कांस्य गरि कुल ७ पदक जितेको हो । प्रतियोगितामा नेपालका सञ्जयराज पुटुवार र कमल मगरले दोहोरो पदक जितेका छन् ।

पुरुष ताइचीको सफ्ट स्टायलमा कमलले स्वर्ण जितेका छन् भने नन् ट्रेडिसनल वेपनमा कांस्य हात पारेका छन् । पुरुषतर्फ सञ्जयले सफ्ट स्टायल तथा ट्रेडिसनल वेपन दुवै विधामा रजत प्राप्त गरेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी दिनुभयो ।

महिला ताइचीमा जमुना गुरुङ तथा पुरुष फम्स विथ म्युजिकमा सुदीप श्रेष्ठले स्वर्ण जिते । महिला ताइचीको सफ्ट स्टायलमा मुन्नी सुवेदी लामा तामाङले स्वर्ण जित्न सफल भइन् ।

प्रतियोगिता अस्ट्रियाको ब्रिगेन्जमा मे २८ देखि ३० तारिखसम्म भएको थियो । प्रतियोगितामा विभिन्न चार महादेशबाट १४ राष्ट्रका २ सय ३३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पदक जित्न सफल भएका छन् ।

खेलाडीले डब्लुएमएसीमा आफूले सहभागिता जनाउने स्पर्धाको १ देखि ३ मिनेट सम्मको श्रब्यदृष्य पठाउनु पर्ने थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ६ : १७ बजे

“निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्छ”

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौँ । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा

त्रिभुवन विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौं । खाडी क्षेत्रमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान

सर्वोच्च नेता खामेनीको हत्या भएको दाबीपछि इरानको कडा चेतावनी, बदला लिने घोषणा

तेहरान । इरानले आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या

‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ’ : मतदातालाई ओलीको अपिल

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको पूर्वसन्ध्यामा