६ बैशाख २०८१, बिहिबार | April 18, 2024

बुटवलमा लकडाउन खुकुलो पारियो , अत्यावश्यक समानका पसल हरेक दिन खुल्ने



बुटवल । उद्योगी ब्यवसायीहरुले ब्यापक असन्तुष्टी ब्यक्त गरेपछि बुटवल उपमहानगरपालिकाले लकडाउनलाई आंसिकरुपमा खुकुलो बनाएको छ । यस अघि अत्यावश्यक सामाग्रीहरुका लागि हप्तामा ३ दिन मात्र संचालन गर्ने निर्णय गरेको उपमहागरपालिकाले अत्यावश्यक सामाग्री खरिद गर्न साताभरी नै खोल्न पाउने गरि ब्यवस्था गरेको छ ।

बुटवलमा क्रियाशिल उद्योग, ब्यवसाय सम्बद्ध संघ संस्थाहरुसंगको परामर्श पछि उपमहानगरले लकडाउन खुकुलो बनाउने कार्यक्रम सहित नयां निर्णय गरेको नगर प्रमुख शिवराज सुबेदीले जानकारी दिनु भयो ।

उपमहानगरले सार्वजानिक गरेको नयां ब्यवस्था अनुसार आईतबार, मंगलबार र बिहिबार मात्र खुल्ने गरेका खाद्यान्ह, तरकारी तथा कृषि कार्यसंग सम्बन्धित मल बिउ, बिषादी जस्ता अत्यावश्यक सामाग्रीका पसलहरु अव हरेक दिन बिहान ७ बजेबाट २ बजे सम्म खुल्न पाउने उपमहानगरले ब्यवस्था गरेको छ । उपमहानगरले प्रत्यक्ष उपभोक्ताको सम्पर्क नहुने अत्यावश्यक माल वस्तुको थोक बिक्रिका लागि प्रत्यक दिन १० बजे देखि ३ बजे सम्म खोल्न पाउने ब्वस्था गरेको छ । उपमहानगरको सुचनामा यस्ता पसलहरु संचालन गर्दा संघिय सरकारले तोकेको माल वस्तु र सामाजिक दुरी कायम गर्न अनिर्वाय हुने जनाएको छ ।
त्यसैगरि दुध तथा दुधजन्य पदार्थ, डेरी जस्ता पसलहरु हरेक दिन बिहान र सांझ ३ घण्टा खुल्ने छन् भने कृषि औजार, मेसनरि तथा निर्माण समाग्रका पसलका लागि हरेक दिन बिहान ९ बजे देखि बेलुका ६ बजेसम्मको समय निर्धारण गरिएको छ । उपमहानगरको सुचनामा बैंक तथा बित्तीय संस्थाहरुले सार्वजानिक बिदाका दिन बाहेक पुर्वत संचालन गर्ने ब्यवस्था गरिएको छ । स्थानीय कृषि उत्पादनहरुले हरेक दिन बिहान ३ घण्टा घरघरमा डुलाएर आफ्नो उत्पादनहरु बेच्न पाउने छन् । यसरी बिक्रि हुने तरकारीहरुको स्थानीय पालिकाहरुले स्विकृति दिएको हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

उपमहानगरले संघिय सरकारले गरेको निर्णय अनुसार सार्वजानिक सवारी, सिनेमाहल, जिमखाना, नाट्यशाला, फनपार्क, पार्टी प्यालेस, होटल रेष्टुरेण्ट जस्ता भेला जमघट हुन सक्ने ब्यवसायलाई भने पुर्णरुपमा बन्देज लगाएको छ । उपमहानगरले नगरमा रहेका स्कुल, कलेज, ट्युसन सेन्टर जस्ता संस्थाहरुलाई पनि अर्को सुचना जारी नहुंदा सम्म संचालन नगर्न भनेको छ ।

उपमहानगरले यसरी पसल संचालन गर्दा तोकिएको स्वास्थ्य मापदण्ड पालना नगरेको अवस्थामा कुनै पनि बेला पसल बन्द गराउन सकिने चेतावनी समेत सुचना मार्फत सार्वजानिक गरेको छ ।

सुचनामा उल्लेखित कार्यमा प्रयोग हुने बाहेकका सवारी साधानलाई ट्राफिक प्रहरी मार्फत नियन्त्रण गरिने लेखिएको छ । ब्यवसायीहरुको माग र परिस्थितीको मुल्यांकन गरेर लकडाउनलाई आंसिक खुकुलो पारीएको नगर प्रमुख सुबेदीले जानकारी दिनु भयो ।

लकडाउनको अवधि लम्बिंदै जांदा दैनिक गुजारा चलाउने भाडामा ब्यवसाय गर्ने ब्यवसायीहरुलाई मर्का परेपछि ब्यवसायीक संघ संगठनहरुले लकडाउन खुकुलो बनाउन दबाव दिंदै आएका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ९ : ३६ बजे

कोशी प्रदेशसभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर

एन्फाका उपाध्यक्ष लामा छुटे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा