७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवलमा लकडाउन खुकुलो पारियो , अत्यावश्यक समानका पसल हरेक दिन खुल्ने



बुटवल । उद्योगी ब्यवसायीहरुले ब्यापक असन्तुष्टी ब्यक्त गरेपछि बुटवल उपमहानगरपालिकाले लकडाउनलाई आंसिकरुपमा खुकुलो बनाएको छ । यस अघि अत्यावश्यक सामाग्रीहरुका लागि हप्तामा ३ दिन मात्र संचालन गर्ने निर्णय गरेको उपमहागरपालिकाले अत्यावश्यक सामाग्री खरिद गर्न साताभरी नै खोल्न पाउने गरि ब्यवस्था गरेको छ ।

बुटवलमा क्रियाशिल उद्योग, ब्यवसाय सम्बद्ध संघ संस्थाहरुसंगको परामर्श पछि उपमहानगरले लकडाउन खुकुलो बनाउने कार्यक्रम सहित नयां निर्णय गरेको नगर प्रमुख शिवराज सुबेदीले जानकारी दिनु भयो ।

उपमहानगरले सार्वजानिक गरेको नयां ब्यवस्था अनुसार आईतबार, मंगलबार र बिहिबार मात्र खुल्ने गरेका खाद्यान्ह, तरकारी तथा कृषि कार्यसंग सम्बन्धित मल बिउ, बिषादी जस्ता अत्यावश्यक सामाग्रीका पसलहरु अव हरेक दिन बिहान ७ बजेबाट २ बजे सम्म खुल्न पाउने उपमहानगरले ब्यवस्था गरेको छ । उपमहानगरले प्रत्यक्ष उपभोक्ताको सम्पर्क नहुने अत्यावश्यक माल वस्तुको थोक बिक्रिका लागि प्रत्यक दिन १० बजे देखि ३ बजे सम्म खोल्न पाउने ब्वस्था गरेको छ । उपमहानगरको सुचनामा यस्ता पसलहरु संचालन गर्दा संघिय सरकारले तोकेको माल वस्तु र सामाजिक दुरी कायम गर्न अनिर्वाय हुने जनाएको छ ।
त्यसैगरि दुध तथा दुधजन्य पदार्थ, डेरी जस्ता पसलहरु हरेक दिन बिहान र सांझ ३ घण्टा खुल्ने छन् भने कृषि औजार, मेसनरि तथा निर्माण समाग्रका पसलका लागि हरेक दिन बिहान ९ बजे देखि बेलुका ६ बजेसम्मको समय निर्धारण गरिएको छ । उपमहानगरको सुचनामा बैंक तथा बित्तीय संस्थाहरुले सार्वजानिक बिदाका दिन बाहेक पुर्वत संचालन गर्ने ब्यवस्था गरिएको छ । स्थानीय कृषि उत्पादनहरुले हरेक दिन बिहान ३ घण्टा घरघरमा डुलाएर आफ्नो उत्पादनहरु बेच्न पाउने छन् । यसरी बिक्रि हुने तरकारीहरुको स्थानीय पालिकाहरुले स्विकृति दिएको हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

उपमहानगरले संघिय सरकारले गरेको निर्णय अनुसार सार्वजानिक सवारी, सिनेमाहल, जिमखाना, नाट्यशाला, फनपार्क, पार्टी प्यालेस, होटल रेष्टुरेण्ट जस्ता भेला जमघट हुन सक्ने ब्यवसायलाई भने पुर्णरुपमा बन्देज लगाएको छ । उपमहानगरले नगरमा रहेका स्कुल, कलेज, ट्युसन सेन्टर जस्ता संस्थाहरुलाई पनि अर्को सुचना जारी नहुंदा सम्म संचालन नगर्न भनेको छ ।

उपमहानगरले यसरी पसल संचालन गर्दा तोकिएको स्वास्थ्य मापदण्ड पालना नगरेको अवस्थामा कुनै पनि बेला पसल बन्द गराउन सकिने चेतावनी समेत सुचना मार्फत सार्वजानिक गरेको छ ।

सुचनामा उल्लेखित कार्यमा प्रयोग हुने बाहेकका सवारी साधानलाई ट्राफिक प्रहरी मार्फत नियन्त्रण गरिने लेखिएको छ । ब्यवसायीहरुको माग र परिस्थितीको मुल्यांकन गरेर लकडाउनलाई आंसिक खुकुलो पारीएको नगर प्रमुख सुबेदीले जानकारी दिनु भयो ।

लकडाउनको अवधि लम्बिंदै जांदा दैनिक गुजारा चलाउने भाडामा ब्यवसाय गर्ने ब्यवसायीहरुलाई मर्का परेपछि ब्यवसायीक संघ संगठनहरुले लकडाउन खुकुलो बनाउन दबाव दिंदै आएका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ९ : ३६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११