२९ माघ २०८१, मंगलबार | February 11, 2025

एसइईबारे एकसाताभित्र निर्णय : शिक्षामन्त्री



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिनुभएको छ ।

शिक्षा पत्रकार सञ्जाल (इजोन)ले बिहीबार आयोजना गरेको भर्चुअल संवादमा शिक्षामन्त्री पोखरेलले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोडमा पुगिने बताउनुभयो ।

पोखरेललेअहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन, परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ र कक्षा १० को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विकल्पका मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिनुभयो ।

उहाँले लकडाउनपछि अन्तिममा शिक्षण संस्था नै खुल्ने र त्यतिञ्जेलका लागि अस्थायी समाधान गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नुभयो ।

“आगामी असार १ गतेबाट विद्यालय खोल्न खोजिएको होइन”, उहाँले भन्नुभयो, “तत्कालका लागि विकल्प मात्र हो । ४५ दिनपछि पनि यस्तै अवस्था रहेमा विभिन्न तीन योजनाका साथ अगाडि बढ्नेछौँ । दशैँ अगाडि कसरी जाने र दशैँ पछाडि कसरी जाने भन्ने योजना बन्नेछ ।”

मन्त्री पोखरेलले निर्देशिका कार्यान्वयनमा स्थानीय तहको भूमिका नै महत्वपूर्ण हुने स्पष्ट गर्दै भन्नुभयो, “पहिलो १५ दिनको काम हेरौँ । सबै विद्यार्थी त्यसबाट लाभान्वित भए त्यसलाई शैक्षिकसत्रसँग जोड्न सकिन्छ र त्यसले औपचारिक मान्यता पाउने छ ।”

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  २ : ४० बजे

युरोप निर्यात हुन थाले बटुका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल,

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यवसायिक कागतीखेती रमाउँदै प्रतीक

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा