६ जेष्ठ २०८२, मंगलबार | May 21, 2025

विद्यार्थीको भविष्यबारे उच्चस्तरीय समितिबाट शैक्षिक जानकारहरुसँग छलफल



काठमाडौं । लकडाउनको बीचमा विद्यार्थीको पठनपाठनलाई सहजिकरण गर्दै लैजाने सम्बन्धमा कोभिड–१९ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले शिक्षा क्षेत्रका जानकार सरोकारवालाहरुसंग परामर्श गरेको छ ।

विहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफलमा शिक्षा क्षेत्रका जानकाहरुले लकडाउनको बेलामा अवरुद्ध भएको पठन पाठनका लागि विभिन्न विकल्प अघि बढाउन सुझाव दिएका छन् ।

जोखिमको स्तर हेरेर संभव हुने स्थानमा छिटो पठनपाठन सुचारु गराउने, संचालन गर्न नसकिने स्थानमा अनलाईन तथा टेलिभिजन क्लासको विकल्प खोज्न उनीहरुले सुझाव दिएका हुन् ।

उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले अवरुद्ध पठनपाठन संचालन, परीक्षा, भर्ना तथा भर्चुल क्लासका सम्बन्धमा नेपाली बैज्ञानिकले बनाएकानया आविश्कारलाई प्रमाणिकरण गर्न तथा खोज अनुसन्धानबाट आएका तथ्यांकलाई सम्पत्ति मानेर अगाडि बढाउन सुझाव दिएको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले भर्चुल क्लास, विद्यार्थीको भौतिक उपस्थिति गराएर गरिने पठनपाठनका सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाहरुबाट उच्चस्तरीय समितिले सुझाव लिएको बताउनुभयो । विडारीले लकडाउनलाई व्यवस्थित गर्दै अनलाईन , टेलिभिजन, मोबाईलबाट पठनपाठन गर्नुको साथै मनोवैज्ञानिक प्रचार प्रशार गर्दै भौतिक उपस्थितिका साथ पठनपाठनको व्यवस्था मिलाउनुपर्ने सम्बन्धमा प्राप्त सुझावलाई लाई मस्यौदाको रुपमा मन्त्रीपरिषद् बैठकमा लगिने बताउनुभयो ।

सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने बताएसंगै केही दिन यता उच्चस्तरीय समितिले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासंग छलफल गर्दै आएको छ । समितिले यसअघि अर्थविद्, स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी , विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतसंग छलफल गरिसकेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ५ : १४ बजे

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड

रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं । सरकराले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक

विश्व पौडेल विरुद्ध रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं। सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा