५ श्रावण २०८३, मंगलबार | July 22, 2026

भारतबाट नेपाल छिरे लगत्तै नेपालगन्जमा आगन्तुक नेपालीलाई खाना तयार



नेपालगन्ज । भारतबाट नेपालगन्जको जमुनाहा नाका भएर नेपाल आउनेहरुलाई आजदेखि जमुनाहा नाकामा तयारी खाना, पानी र मास्क वितरण शुरु गरिएको छ । ३० हजार जना सम्मलाई लक्षित गरि खाना पानी र मास्क वितरण गर्ने लक्ष्य रहेको सहयोगि संस्थाहरुले जनाएका छन् ।

सिमाबाट नेपाल भित्रिने क्रममा कतिपय नेपालीहरु भोकै रहेको जानकारी आएपछि केहि संस्थाहरु मिलेर खाना, पानी र मास्कको ब्यवस्था गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।

प्लान इनटरनेसनल नेपालको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लबले विहिबार विहान देखि जमुनाहामा खना वितरण कार्यको सुरु गरिएको हो ।

प्रदेशसभाका सभासद कृष्ण केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग, नेपाली सेनाका कर्णेल नकुल थापा र बाँकेका प्रहरी प्रमुख विर बहादुर ओली लगायतले भारतबाट आउनेहरुलाई खाना पानी र मास्क वितरण गरेर खाना खुवाउने कार्यको आरम्भ गरेका थिए ।

अहिले दैनिक जमुनाहा नाकाबाट दुई हजारको हाराहारीमा नेपालीहरु प्रवेश गरिरहेका छन् । उनिहरुलाई नाकाबाटै सिधै गाडीमा हालेर सम्बन्धित जिल्ला र पालिकाहरुसम्म पुरयाउने काम भैरहेको छ ।

बाँकेका नागरिकलाई महेन्द्र बहुमुखि क्याम्पसको क्वारेन्टाइनमा राखिने गरिएको छ भने अन्यलाई सम्बन्धित जिल्लामा सोझै पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वांगले बताए।
विहिबार दिउँसो सम्म ६ सय बढीलाई सो खाना, पानी र मास्क वितरण गरिसकिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ६ : २३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं