१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पश्चिम सुर्खेतको एक क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाबाट मृत्यु



सुर्खेत । सुर्खेतको एक क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिमा बसेका ती युवकको आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर
फर्किएका थिए । तर उनको बिहीबार बिहान मृत्यु भएको थियो ।

मृत्यु पछि पुनः पीसीआर परीक्षण गर्दा भने ती युवकमा कोरोना संक्रमण पोजेटिभ देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय प्रयोगशालाले जनाएको छ ।

पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवक यही जेठ ७ गते भारतबाट आएर विद्यापुरको जनता मावि क्वारेन्टिमा बसेका थिए । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनी २१ गते बुधबार घर फर्किका थिए । तर, बिहीबार बिहान २ बजे उनको मृत्यु भएको थियो ।

जनता मावि क्वारेन्टिमा ५४ जना रहेका थिए । क्वारेन्टिमा बसेकाहरुको परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखिएको तर मृतक युवकसँगै बसेका पाँच जनामा भने नेगेटिभ रिपोर्ट आएको थियो ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्युको आधिकारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह आयोजना गर्ने पत्रकारसम्मेलनमार्फत जानकारी हुनेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ८ : ०४ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्