१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

पश्चिम रुकुम हत्याकाण्डको छानविन गर्न संसदीय समिति गठन



काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाबारे छानविन गर्न संसदीय समिति गठन भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले घटनाबारे छानविन गर्न संसदीय समिति गठनको घोषणा गर्नुभएको हो ।

सांसदहरुले केहि दिनयता रुकुम घटनाको निन्दा गर्दै संसदीय समिति गठनको माग गर्दैआएका थिए । सरकारले घटनामा संलग्नहरुलाई छानविन गरी कानुनअनुसार दण्डित गर्ने प्रतिवद्धता जनाइसकेको छ ।

समिति गठनको घोषणा गर्दै सभामुख सापकोटाले भन्नुभयो “रुकुम पश्चिम जिल्लाका चौरजहारी नगरपालिका ८ स्थित सोतीमा मा २०७७ साल जेठ १० गते घटेको घटनाको सम्बन्धमा अघिल्ला बैठकहरुमा पनि कुरा उठेको र आजको बैठकमा पनि मानीय पुष्पा भुसाल गौतमले कुरा उठाउनुभएको छ । त्यसैले यी विषयहरुलाई सम्बोधन गर्न उक्त घटनाको आवश्यक अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुसंग आवश्यक छलफल पश्चात प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १ सय ७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने व्यहोरा माननिय सदस्यहरुलाई जानकारी गराउँदछु । ”

अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।

घटनाको विभिन्न राजनीतिक दल, मानवअधिकार आयोग, संयुक्त राष्ट्र लगायतका विभिन्न संघसंस्थाहरुले निन्दा गर्दै निस्पक्ष छानविनको माग गरेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  १२ : १३ बजे

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ