४ पुस २०८२, शुक्रबार | December 19, 2025

पश्चिम रुकुम हत्याकाण्डको छानविन गर्न संसदीय समिति गठन



काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाबारे छानविन गर्न संसदीय समिति गठन भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले घटनाबारे छानविन गर्न संसदीय समिति गठनको घोषणा गर्नुभएको हो ।

सांसदहरुले केहि दिनयता रुकुम घटनाको निन्दा गर्दै संसदीय समिति गठनको माग गर्दैआएका थिए । सरकारले घटनामा संलग्नहरुलाई छानविन गरी कानुनअनुसार दण्डित गर्ने प्रतिवद्धता जनाइसकेको छ ।

समिति गठनको घोषणा गर्दै सभामुख सापकोटाले भन्नुभयो “रुकुम पश्चिम जिल्लाका चौरजहारी नगरपालिका ८ स्थित सोतीमा मा २०७७ साल जेठ १० गते घटेको घटनाको सम्बन्धमा अघिल्ला बैठकहरुमा पनि कुरा उठेको र आजको बैठकमा पनि मानीय पुष्पा भुसाल गौतमले कुरा उठाउनुभएको छ । त्यसैले यी विषयहरुलाई सम्बोधन गर्न उक्त घटनाको आवश्यक अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुसंग आवश्यक छलफल पश्चात प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १ सय ७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने व्यहोरा माननिय सदस्यहरुलाई जानकारी गराउँदछु । ”

अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।

घटनाको विभिन्न राजनीतिक दल, मानवअधिकार आयोग, संयुक्त राष्ट्र लगायतका विभिन्न संघसंस्थाहरुले निन्दा गर्दै निस्पक्ष छानविनको माग गरेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  १२ : १३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज