८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोना बीमाको निरन्तरता कायमै



काठमाडौं । बीमा समितिले कोभिड–१९ बीमालेख पुनः विक्री गर्न स्वीकृति दिएको छ ।

गत वैशाख ७ गतेबाट कार्यान्वयनमा आएको कोरोना बीमालेखमा जोखिम बहन गर्ने क्षमता नभएको भन्दै बिहीबार स्थगित गरिएको थियो ।

बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना बीमा बजेटमा समावेस गरिएको र राष्ट्रिय महत्वको कार्यक्रम समेत भएकोले केही परिमार्जन गरी पुनः विक्री गर्न स्वीकृति दिइएको बताउनुभयो । चापागाईंले बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा समिति र नेपाल सरकार समेत गरी संयुक्त रुपमा बीमालेखलाई अगाडी बढाउने सहमति भए अनुसार बीमालेखलाई निरन्तरता दिने निर्णय भएको बताउनुभयो ।

अध्यक्ष चापागाईंले अव जारी गरिने कोरोना बीमालेख अनुसार २०७७ चैत मसान्त सम्मको मात्रै जोखिम बहन हुने बताउनुभयो । यससँगै आजदेखि बीमालेख खरिद गर्नेको आगामी चैत मसान्त सम्मका लागि मात्रै बीमा हुने छ । यस अघि जारी भएका बीमालेखहरुमा भने खरिद गरेको मितिले १ वर्षको समय सम्मको जोखिम बहन हुने उहाँले बताउनुभयो ।

बीमा शुल्क जम्मा भए अनुसार बीमा पुल मार्फत दायित्व भुक्तानी हुने छ । त्यसपछि मात्रै नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र सरकारले समेत व्यहोर्ने गरी बीमालेख जारी गरिएको हो ।

नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले १ अर्ब रुपैयाँ सम्मको जोखिम बीमा संस्थाहरुबाट हुने बताउनुभयो । त्यस्तै पुनर्बीमा कम्पनीले १ अर्ब रुपैयाँ जोखिम बहन गर्ने छ । त्यसपछिको ५० करोड बराबरको जोखिम बीमा कम्पनीहरुको रिजर्भमा रहेको रकमबाट बहन हुने छ भने बाँकी जोखिम बीमा समिति र नेपाल सरकारले बहन गर्ने सहमति भए अनुसार पुनः जारी गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले ३५ हजार नागरिक सम्मको जोखिम ब्यहोर्न सक्ने गरी कोरोना बीमालेख पुनः जारी गरिएको बताउनुभयो । उहाँले कोरोना बीमाको पुर्नबीमा नहुने भएकाले सरकारको समेत सहभागिता हुने गरी बीमालेख जारी गर्ने सहमति भएको बताउनुभयो ।

निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिको संयुक्त पहलमा जारी गरिएको कोरोना बीमामा अहिले सम्म ३ लाख २५ हजार नागरिक सहभागि भएका छन् । बीमा समितिका अध्यक्ष चापागाईंले अहिले सम्म ३० अर्ब भन्दा माथिको बीमा जोखिम पुगेको बताउनुभयो । अब जारी गरिने बीमाको कटअफ समय चैत मसान्त सम्म हुने छ भने यस अघि खरिद गरेकाको हकमा भने पुरै एक वर्ष सम्म रहने अध्यक्ष चापागाईले बताउनुभयो ।

बीमा समितिले बीमाङ्क रकमको आधारमा ‘क’ र ‘ख’ वर्ग निर्धारण गरी घातक रोग सरहको बीमालेख अनुसार हुनेगरी कोभिड–१९ बीमालेख जारी गर्ने व्यवस्था गरेको थियो । ‘क’ वर्गको बीमालेखमा १ लाख रुपैयाँको बीमाङक रकम हुने र उक्त बीमाका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ र परिवार वा समूहको बीमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले बीमा शुल्क लाग्ने छ ।

यस्तै ‘ख’ वर्गकोमा बीमाङक रकम ५० हजार रुपैयाँ तोकि प्रति व्यक्ति ५ सय रुपैयाँ र परिवार वा समुहको बीमा गर्दा प्रति व्यक्ति ३ सय रुपैयाँका दरले बीमा शुल्क लाग्ने छ । यस्तै क्षतिपूर्ति दाविका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा गर्नुपर्ने छ भने भुक्तानी दावीका लागि पीसीआर प्रविधिबाट गरिएको रिपोर्टमा कोरोना पोजेटीभ हुनुपर्ने छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ३ : ५२ बजे

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका