२० मंसिर २०८२, शनिबार | December 6, 2025

डायलासिस सेवाको आर्थिक सहयोग तत्काल उपलब्ध गराउन राजमोको माग



बुटवल । रुपन्देहीको बुटवलस्थित गौतमबुद्व सामूदायिक मुटु अस्पतालले आगामी असार १ गतेदेखि डायलाइसिस सेवा बन्द गर्ने समाचारप्रति राष्ट्रिय जनमोर्चाले ध्यानआकर्षित भएको बताएको छ ।

डायलाइसिस सेवाका लागि उपलब्ध गराउने आर्थिक सहयोग तत्काल उपलब्ध गराउन राष्ट्रिय जनमोर्चा रुपन्देहीले सरकारसंग माग गरेको छ । सरकारले उपलब्ध गराउने अनुदान रकम रोकिएका कारण सेवा बन्द गर्नुपर्र्नेे स्थिति आउनु दुखद् विषय भएको राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलम र सचिव टानबहादुर केसीले शुक्रबार विज्ञप्ती जारी दुःख व्यक्त गर्नुभएको छ ।

विगतदेखि अस्पतालले दिंदै आएको निशुल्क डायलासिस सेवा बन्द गर्न नहुने र सेवा बन्द हुनुले सरकार गैर जिम्मेवार बन्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । कुनैपनि बहानामा बिरामीहरु सेवावाट बन्चित हुन नहुने र अस्पतालले पाउनु पर्ने रकम तुरुन्त उपलब्ध गराई सहजरुपमा डायलासिस सेवा सुचारु गर्ने वातावरण सरकारले बनाउनु पर्ने राष्ट्रिय जनमोर्चाको माग छ ।

अस्पताल सञ्चालकहरुलाई सम्बन्धीत पक्षसंग वार्ता वा संवादको माध्यामवाट समस्याको समाधान गर्न विज्ञप्तीमार्फत अनुरोध गरिएको छ । सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाइसिस सेवा बन्द गर्ने बताएको छ ।

डायलासिस जस्तो महत्वपूर्ण सेवालाई आर्थिकको अभावमा रोक्नै नहुने र अझै सहज सेवाका लागि सरकार र अस्पताल गम्भीर बन्न राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ८ : २७ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले