१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

विश्व वातावरण दिवसमा पर्यटनमन्त्री गिरिद्दारा मन्त्रालय परिसरमा वृक्षारोपण



बुटवल । प्रदेश पाँचका उद्योग पर्यटन वन तथा बाताबरण मन्त्री लिला गिरीले विश्व वातावरण दिवसको अवसरमा शुक्रबार मन्त्रालय परिसरमा वृक्षारोपण गर्नुभएको छ ।

मन्त्रालय परिसर भित्र आँप, लिचि, कटहर लगायतका फलफुलका बिरुवा रोपिएको हो । वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री गिरीले प्रदेश सरकारले वन जंगल र खाली रहेको ठाउँको संरक्षण गर्दै वृक्षारोपण गरेर बातावरणलाई थप सुन्दर बनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

बिरूवा रोपेर मात्रै नहुने भएकाले रोपिएका बिरूवाको संरक्षणमा समेत विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो । दिवसमा मात्रै नभएर सबैले आफ्नो घर वरपर वृक्षारोपण गरी वातावरणलाई थप सुन्दर बनाउन आग्रह गर्नुभएको थियो ।

मन्त्रालयका वातावरण अधिकृत निर्मल चौधरीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा प्रदेशसभा सदस्य दिनेश पन्थी, मन्त्रालयका सचिव डा.राधा वाग्ले लगाएत उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका कर्मचारीको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ६ : २५ बजे

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ