४ पुस २०८२, शुक्रबार | December 20, 2025

विश्व वातावरण दिवसमा पर्यटनमन्त्री गिरिद्दारा मन्त्रालय परिसरमा वृक्षारोपण



बुटवल । प्रदेश पाँचका उद्योग पर्यटन वन तथा बाताबरण मन्त्री लिला गिरीले विश्व वातावरण दिवसको अवसरमा शुक्रबार मन्त्रालय परिसरमा वृक्षारोपण गर्नुभएको छ ।

मन्त्रालय परिसर भित्र आँप, लिचि, कटहर लगायतका फलफुलका बिरुवा रोपिएको हो । वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री गिरीले प्रदेश सरकारले वन जंगल र खाली रहेको ठाउँको संरक्षण गर्दै वृक्षारोपण गरेर बातावरणलाई थप सुन्दर बनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

बिरूवा रोपेर मात्रै नहुने भएकाले रोपिएका बिरूवाको संरक्षणमा समेत विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो । दिवसमा मात्रै नभएर सबैले आफ्नो घर वरपर वृक्षारोपण गरी वातावरणलाई थप सुन्दर बनाउन आग्रह गर्नुभएको थियो ।

मन्त्रालयका वातावरण अधिकृत निर्मल चौधरीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा प्रदेशसभा सदस्य दिनेश पन्थी, मन्त्रालयका सचिव डा.राधा वाग्ले लगाएत उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका कर्मचारीको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ६ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको