७ आश्विन २०८३, बुधबार | September 23, 2026

सरकारले राजश्व उठाउन सक्ने क्षमता गुमायो : डा. मिनेन्द्र रिजाल



काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्रप्राद रिजालले सरकारले राजश्व उठाउन सक्ने क्षमता गुमाएको बताउनुभएको छ ।

संघीय संसद प्रतिनिधि सभामा शनिबार पनि जारी रहेको विनियोजन विधेयक माथिको छलफलमा सांसद रिजालले सरकारसँग पूँजीगत खर्च गर्न सक्ने क्षमता र योजना नभएको र सरकारको इमान्दारिताको समेत लक्षण नदेखिएको बताउनुभयो ।

रिजालले भन्नुभयो ‘सरकारको राजश्व उठाउन सक्ने क्षमता र योजना छैन, पूँजीगत खर्च गर्न सक्ने क्षमता र योजना छैन । यसपालि त गर्ने क्षमता मात्र नभएको होइन इमान्दारिताको पनि लक्षण देखिएन विश्वसनिय आधार भएन् । त्यसैले अर्थमन्त्रालयको चालु खर्च २५ अर्बबाट घटाएर ८ अर्बमा राखियोस भन्ने खर्च कटौतिको प्रस्ताव पेश गर्न चाहन्छु ।’

कोरोनाको संक्रमणबाट फस्दै गएको अर्थतन्त्रलाई जोगाउन सरकारले कुनै योजना नल्याएको बताउनुभयो । उहाँले अर्थतन्त्र सिथिल मात्रै नभएर संकुचित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यो पालि पोजेटिभ ग्रोथ रेट हुन सक्ने कुनै पनि सम्भावना देखिदन् । त्यसमाथि कुल गार्हस्थ उत्पान बढेन अनि बाहिर बाट आउने विप्रोशण आम्दानीमा २० प्रतिशत कम आउँछ भन्ने देखिएपछि खर्च योग्य आम्दानी झण्डै ५ प्रतिशतले घटला अझ त्यो भन्दा बढीले घटला चिन्ता त्यो छ । यस्तो अवस्थामा सरकारले असार मसान्त सम्मको राजश्व पनि अनुमान गर्न सकेको छैन् । त्यसैले हरेक शिर्षकमा सरकार भन्छ २६ प्रतिशत घटछ भनेर, अस्तिको बजेटमा लेखेको भन्दा, यसकारणकी अनुमान गर्ने आधार छैन् । असार मसान्त सम्म के हुन्छ भन्ने अनुमान गर्न नसक्ने अर्थमन्त्रालयले अर्को वर्षको बजेट प्रस्तुत गरेको छ ८३ पेजको बजेट त्यसमा छलफल गनुृ निररर्थक हो निररर्थक छ । ’

डा. रिजालले संक्रमणसँग तत्काल नै लडनका लागि १०/१२ अर्ब भन्दा घटिको खर्च हुने स्थिति छैन् ।सरकार बन्दा हिजो ढुकुटी रित्तो छ भन्ने सरकार अव ढुकुटी के भएको छ आफ्नो अनुहार ऐनामा हेर्न आग्रह गर्नुभयो । उहाँले सबै खर्च गर्ने क्षमता र इमानदारिता सरकारमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘इमानदारिता छैन भन्ने प्रमाण सरकारले बिजुलीबाट चल्ने गाडिलाई एक दिन अगाडि जसरी भन्सार नउठाइकन छोड्यो त्यसबाट कमाउने बाटोमा लाग्यो त्यसबाट पनि सरकारको इमान्दारितामा प्रश्न उठेको छ । क्षमताको मात्रै कुरा होइन इमान्दारिताको कुरा हो ।’

रिजालले जनता कसरी कोरोना बाट बच्ने र देश कसरी फर्किने चिन्तामा रहकेो तर सरकार कार्पेट परिवर्तन गर्न तल्लिन रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘जनता कोरोनाबाट कसरी उम्कने भन्नेमा छन, बाहिर बसेका नेपालीहरु कसरी देशमा भन्ने चिन्तामा हुनुहुन्छ अनि सरकारमा बसेकाहरु कसरी कार्पेटको व्यवस्था भनेर मस्त छन । कार्पेटको व्यवस्था गर्दै छ सरकार अनि सत्तारुढ दलका अरु मानिसहरु सत्ता सम्भावनाको बासुरी कुन धुनमा बजायो भने राम्रासँग बज्छ भनेर प्रयत्न गरिराखेका छन् ।’

उहाँले देश विकास र बढ्दै गएको संकटलाई पार लगाउने अठोट सरकारसँग नभएको बताउनुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  १ : २२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११