४ पुस २०८२, शुक्रबार | December 19, 2025

पुर्बी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या १७ पुग्यो



पोखरा । नवलपुरमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी जनस्वास्थ्य निर्देशनालय प्रमुख बिनोद बिन्दु शर्माले संक्रमित पुष्टि गर्नुभयो । योसँगै नवलपुरमा संक्रमितको संख्या १७ पुगेको छ भने १ जना निको भएको तथ्याङ्क नवलपुरमा रहेको छ ।

नवलपुरको हुप्सेकोट वडा नम्वर २ का ४ जना पुरुषमा संक्रमण देखिएको खवर जिल्ला स्वास्थ्य कार्यालय नवलपुरलाई प्राप्त भएको छ ।

कार्यालय प्रमुख केशवप्रसाद चापागाईले दिनुभएको जानकारी अनुसार आज आईतवार संक्रमण देखिएका ४ जना नै बिभिन्न मितिमा भारतवाट आएर गाउँपालिकाले तयार पारेको क्वारेन्टाईनमा बसेकाहरु हुन् । संक्रमित २०, २५, ३५ र ४५ बर्ष उमेरका छन् ।

संक्रमितमध्ये १ जनालाई भरतपुरको आईशोलेन तथा ३ जनालाई प्राकृतिक चिकित्सालय रजहरको आईशोलेशनमा राख्ने ब्यवस्थामा कोरोना द्रुत प्रतिरक्षा टीम लागिसकेको छ ।

आज हुप्सेकोटका क्वारेन्टाईनमा बसेका स्थानीयमा संक्रमण देखिएसँगै यहाँका ८ पालिकामध्ये ५ बटा पालिकामा संक्रमित फेला परेका छन् ।

यहाँको देबचुलीमा ५ जना, बिनयी-त्रिबेणीमा ५ जना, हुप्सेकोटमा ४ जना, कावासोतीमा २ जना र बुलिङटारमा १ जनामा गरी १७ जना संक्रमित पुष्टि भएका छन् । यीमध्ये नवलपुरकी एक महिला संक्रमणम’क्त भएकी छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ७ : ०७ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज