१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

जनता समाजवादी पार्टी (जसपा)को बरियता लफडा टुंगियो, निर्वाचन आयोगमा दर्ता हुँदै



काठमाडौं । एक महिना अघि नै पार्टी एकताको घोषणामा सहमति गर्दै निर्वाचन आयोगलाई जनता समाजवादी पार्टी नेपाल पत्र बुझाएका राष्ट्रिय जनता पार्टी नेपाल राजपा र समाजवादी पार्टी नेपालबीच नेतृत्वको बरियतामा सहमति भएको छ ।

नयाँ पार्टीको मुख्य नेतृत्व महन्थ ठाकुरको हुनेछ । ठाकुरलाई केन्द्रीय परिषद् अध्यक्षसहित पहिलो बरियाता दिइएको छ भने त्यसपछि दोस्रो बरियतामा डा. बाबुराम भट्टराईलाई दिइएको छ । भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाइने भएको छ ।

यस्तै, तेस्रो बरियतामा रहनुभएका उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहनुहुनेछ । निर्वाचन आयोगमा यही बरियता अनुसार केन्द्रीय कमिटीको नाम सहित दर्ता दर्ता हुनेछ । अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेताको रुपमा क्रमशः चौथो र पाँचौ बरियतामा रहने बताइएको छ ।

जसपाले आजै निर्वाचन आयोग कान्तिपथ पुगेर दल दर्ता गर्न लागेको छ । गत बैशाख १० गते राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ३ : ०८ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको