२१ भदौ २०८३, आइतबार | September 7, 2026

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी कार्यालय वनस्थलीमा हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

बैठकमा रास्वपाको संसदीय दलको नेता चयनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ । दलको विधानमा आवश्यक संशोधन गर्नुपर्ने भएकाले उक्त विषय टुंग्याउन केन्द्रीय समिति बैठक बोलाइएको हो ।

बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । विधान संशोधन प्रक्रिया पूरा भएपछि संसदीय दलको बैठकबाट वरिष्ठ नेता बालेन शाहलाई दलको नेता चयन गर्ने तयारी रहेको जनाइएको छ ।

दलको नेता चयन भएसँगै रास्वपाले राष्ट्रपति कार्यालयलाई औपचारिक जानकारी गराउनेछ । त्यसपछि रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जित हासिल गरेको जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ८ : १७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त