८ बैशाख २०८१, शनिबार | April 20, 2024

परम्परागत चिनियाँ उपचार पद्दती : कोभिड–१९ विरूद्ध सफल प्रयोग



विश्व यतिबेला कोरोना भाइरसको महामारीबाट प्रताडित छ । अदृश्य दुश्मनले मानवजाति विरुद्ध भयानक आक्रमण गरिरहेको छ । चीनको हुपेई प्रान्तस्थित उहानमा पहिलो पटक देखिएको नोवल कोरोना भाइरस (कोभिडङ१९)ले आजका दिनसम्म ४ लाख मानिसको ज्यान लिइसकेको छ । संक्रमितको संख्या ७० लाखभन्दा माथि पुगेको छ ।

तर, कोरोना भाइरस विरुद्ध लड्दै निको भएर घर फर्किनेहरु पनि कम छैनन् । भाइरस विरुद्ध लड्नका लागि विश्वभरका चिकित्सकहरुले अथक प्रयास गरेका छन् । विश्वभरिका वैज्ञानिक, खोज अनुसन्धानकर्ताहरुले यो प्राणघातक भाइरस विरुद्धको खोपको खोजीका लागि दिनरात नभनी काम गरिरहेका छन् । तर, पनि खास औषधी या भ्याक्सिन पत्ता लाग्न सकेको छैन ।

चीनबाट सुरुभएको यो भाइरसले सुरुवाती चरणमा चीनमा आतंक फैलायो । दैनिक सयौं चिनियाँको मृत्यु भयो भने हजारौं संक्रमित थपिँदै गए । तर, चिनियाँ चिकित्सकहरुले कोरोना विरुद्ध लड्नका लागि आफ्नो परम्परागत उपचार पद्धतीलाई अपनाए । निको भएका कोरोना संक्रमितहरु मध्ये ९० प्रतिशत बढी चिनियाँहरुलाई परम्परागत चिनियाँ चिकित्सा पद्धतीमार्फत निको बनाइयो । चीनले आइतबार मात्र प्रकाशित गरेको स्वेतपत्रमा पनि परम्परागत चिनियाँ उपचार पद्धतीको व्याख्या गरिएको छ । चीन सरकार स्वयंले आफ्नो उपचार पद्धतीबारे बाँकी विश्वलाई अनुभव साटेको छ । पश्चिमा मुलुकहरुले समेत चिनियाँ उपचार पद्धतीबारे गहिरो चासो राख्न थालेका छन् । 

चिनियाँ उपचार पद्दती भन्दा हजारौं वर्ष पुरानो पद्दती नेपालमा कायम छ । आयुर्वेदिक उपचार पद्दती भलै आम नेपाली र अनुसन्धानकर्ताहरुको नजरबाट अझै पनि पछि नै परिरहेको छ, तर ऋषिमुनीहरुले वेदमा उल्लेख गरेको आयुर्वेद चिकित्सा पद्दतीको अनुसन्धान र प्रयोगमा राज्यका निकाय भरपर्दोगरी लाग्ने हो भने कोरोना जस्ता महामारी नियन्त्रण गर्न उपयोगी बन्न सक्छ । सरकारले सरकारले कोरोना भाइरस (कोभिड–१९)लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो भने खुला गरेर राम्रो काम गरेको छ ।

आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्दे्शिका जारी गरेर सरकारले सातै प्रदेशमा अवलम्बन गर्न निर्देशन पनि दिएको छ । नेपालमा भने हजारौँ वर्षदेखि चलिआएको सांस्कृतिक तथा परम्परागत आयुर्वेद उपचार पद्धतिमा कोरोनालगायतका अन्य भाइरस लाग्न नदिने गुण रहेका कारण निर्देशिका जारी गरी उपयोग गर्न भनिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हामी आयुर्वेदको महत्व र नेपालमा आयुर्वेद उपचार पद्दतीको लोकप्रियता एवं विश्वसनीयताबारे पछि विश्लेषण गर्नेछौं ।

तर, आजबाट हामीले कोरोना भाइरस विरुद्ध चीनले कसरी परम्परागत चिनियाँ उपचार पद्धती अपनाएर विजय प्राप्त गर्यो ? त्यसविषयमा नेपाली पाठकलाई जानकारी दिन लागेका छौं।

परम्परागत चिनियाँ उपचार पद्धती Traditional Chinese Medicine (TCM)

करिब २५ सय वर्षको इतिहास रहेको चिनियाँ परम्परागत चिकित्सा पद्धति (टीसीएम)ले नोबेल कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट सङ्क्रमित विरामीको उपचारमा उल्लेख्य भुमिका खेलिरहेको छ । अहिले विश्वभर चिनियाँ परम्परागत औषधिको माग बढिरहेको छ । औषधी आपूर्ति बढाउनका लागि चीनले उद्योगहरु पनि विस्तार गरिरहेकोछ ।

यसले कसरी काम गर्छ आउनुस अब हेरौँ है !

परम्परागत चिकित्सा पद्दतीले नोबेल कोरोना भाइरसलाई मार्दैन तर कोरोना भाइरसका बिरामीको निकै राम्रो उपचार गर्छ । यसले मानव शरीरमा भएको विकारलाई शरीरबाट बाहिर निकाल्छ । त्यो विकारविना कोभिड–१९ भाइरसले आफुलाई विकास गर्ने उपयुक्त स्थान पाउँदैन तसर्थ यो निको हुन्छ । –चाङ बोली ( उहाँ तियानजिन विश्वविद्यालयमा चिनियाँ परम्परागत चिकित्सा प्रमुख हुनुहुन्छ । )

चीनमा ९० प्रतिशतभन्दा बढी अर्थात् करिब ७० हजार कोभिड–१९ सङ्क्रमितको उपचारमा टीसीएमको प्रयोग भएको थियो ।
कोभिड–१९ को उपचारमा प्रयोग गरिएका टीसीएम औषधि यस प्रकार रहेका छन् ।
१. चिन्ह्वा किङगान ग्रान्युल
२.लिन्ह्वा किङवेन क्याप्सुल
३. ह्युयासी बाइडु फर्मुला
४.सुविचिङ इन्जेक्सन
५. लङ क्लिन्जिङ डेटोक्सिफाइन डिकोक्सन
६. सियानफेइ बाइडु ग्रान्युल

फेब्रुअरीको सुरूमा सामान्य खालका १०२ कोरोना सङ्क्रमित विरामीलाई चिन्ह्वा किङगान ग्रान्युल दिइएको थियो । औषधीको प्रयोगले कोरोना सङ्क्रमित विरामीको ज्वरोलाई ३६ घण्टाभित्र नियन्त्रण (कम) ग¥यो । यद्यपि ११.६ प्रतिशत बिरामीमा मात्र यसले राम्रो गर्न सकेको थिएन ।

करिब ३० अस्पतालले ७१० नमूनामा गरेको तुलनात्मक अध्ययन (परीक्षण) मा सुविचिङ इन्जेक्सनले गम्भीर खालका सङ्क्रमित बिरामीको मृत्यु दरलाई ८.८ प्रतिशतले कम ग¥यो भने सघन उपचार कक्षमा राखिएका बिरामीको उपचारलाई चार दिन छोटो पारिदियो ।

टीसीएमको सिद्धान्त
टीसीएमले बिरामीको अवस्थालाई प्रकृतिका पाँच तत्वहरू जङ्गल, माटो, आगो, धातु र पानीको अन्तक्र्रियाको प्रतिविम्वको रूपमा हेर्छ । यसको लक्ष्य भनेको बिरामीको अवस्था अनुरूप प्रेस्क्रिप्सनको साथ समग्र अवस्थाको उपचार गर्नु हो ।

२५०० वर्ष पहिला (हुवाङ दि नेचिङ) नामक ‘पुस्तक’मा परम्परागत चिनियाँ उपचार पद्धतीबारे लेखिएको छ ।

यसले मुख्यगरी जडिबुटीबाट उत्पादन हुने कच्चा सामग्रीहरूको संयोजन गरी रोगको उपचारमा सघाउँछ । यो उपचार पद्धतिमा ९० प्रतिशत जडिबुटी र १० प्रतिशत जनावरको उप–उत्पादन तथा खनिजहरूको प्रयोग हुन्छ । आजका टीसीएम प्रयोगकर्ताहरुले निरन्तर रूपमा ३०० थरी औषधिजन्य सामग्रीहरू प्रयोग गर्छन् ।

टीसीएम उपचार सेवा (थेरापी)
अकुपञ्चर :सियो वा तीखो वस्तुले शरीरको विभिन्न भागमा घोचेर गरिने उपचार पद्धति

मक्सिवस्चुन :तातोले बिरामीको छाला वा शरीरको बाहिरी भागमा पोलेर वा सेकेर गरिने उपचार

कपिङ :खाली कचौरा वा कपको प्रयोग गरी खोपेर शरीरमा रहेको बिषालु तत्व सफा गर्ने उपचार पद्धति

क्वाशा :मांशपेशीलाई कुनै वस्तुले कोरेर वा मालिस गरेर गरिने उपचार पद्धति

टीसीएम तथा पश्चिमा चिकित्साबीचको भिन्नता

परम्परागत चिनियाँ चिकित्साको बेइजिङ अस्पतालको प्रमुख लिय किङकुवान भन्छन्, ‘टीसीएम वफाएको पाउरोटी र पश्चिमा चिकित्सा सामान्य पाउरोटीजस्तै हो । कोही पनि अरूभन्दा श्रेष्ठ हुँदैन । मुख्य कुरा के हो भने ती दुबै रोगको उपचार गर्न सक्षम छन् ।’

स्रोत :चाइना डेल्ली

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  २ : १५ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन