१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै



रामपुर । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा धाउन थालेका छन् ।

आयुर्वेद औषधिमा विश्वास कम गर्ने र मेडिकल तथा अन्य अस्पतालमा सेवा लिन धाउने बिरामी हिजोआज आयुर्वेद औषधालयमा सेवा लिने गरेको पाइएको छ । विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ । यसले गर्दा पनि पछिल्लो समय आयुर्वेद उपचारमा धेरैको आकर्षण बढ्दो छ ।

आर्थिक वर्ष २०७७/७८ मा ४१ हजार ९९३ जनाले सेवा लिएका छन् भने आव ०७६/७७ मा ३२ हजार ७२१ जनाले सेवा लिएको पाइएको छ ।

आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन् । गाउँघरमा पाइने बहुमूल्य वानस्पतिबाट तयार पारिएको आयुर्वेद औषधिको सेवन स्वास्थ्यका लागि फाइदाजनक भएकाले नियमित रुपमा सेवन गरिरहेको रामपुरका हरिकला ढकाल बताउँछिन् । “एउटा रोगको आयुर्वेदको औषधि खाएपछि अर्को रोग भएमा पनि त्यसले कुनै असर नगर्ने र नियमित आयुर्वेद औषधि प्रयोग गर्न थालेपछि मज्जाले खाना खान रुच्ने, शरीर नै स्वस्थ बनेको छ,” ढकालले भनिन् ।

सरकारको विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये आयुर्वेद औषधालयबाट २३ प्रकारका औषधि पाइन्छ । यो सबै आयुर्वेद स्वास्थ्य संस्थामा नियमित उपलब्ध छ । नियमित रुपमा आयुर्वेदको औषधि खान थालेपछि पेट दुख्ने, खान अरुचि हुने जस्ता विभिन्न समस्या सबै निको भएको बताउँछिन्, मथुरा रेग्मी । उनले आयुर्वेद औषधालयबाट अहिले नियमित रुपमा औषधि उपचार सेवा लिँदै आएकी छिन् ।

जिल्लाका विभिन्न आयुर्वेद स्वास्थ्य संस्थाबाट साधारण उपचार, स्तनपायी, ज्येष्ठ नागरिक, पूर्वकर्म पञ्चकर्म, गाउँघर क्लिनिक, शिविर, घर घरमा आयुर्वेद सेवा कार्यक्रम सञ्चालन गरिएको छ ।

यस्तै क्वारेन्टिनमा कोभिड नियन्त्रण तथा चौध दिने योग प्याकेज कार्यक्रम, कोरोना पोजेटिभ बिरामीहरुका लागि आइसोलेसन सेन्टर र घरघरमा सेवा, प्रतिरोधात्मक क्षमता बढाउने औषधि र व्यायाम सिकाउने कार्यक्रम सञ्चालन भएका छन् ।

विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, जडीबुटी परिचयात्मक कार्यक्रम, स्वस्थ जीवन जस्ता कार्यक्रम चलाइएको पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका निमिक्त प्रमुख माधव बस्यालले जानकारी दिए। बस्यालका अनुसार यस कार्यक्रममा नागरिकको उत्साहजनक उपस्थिति छ भने आयुर्वेद सेवा लिने बढेका छन् । “पहिले आयुर्वेद औषधि उपचार कमैले गराउने गर्थे भने पछिल्ला वर्षमा आयुर्वेद औषधि उपचारमा सेवा लिने बढ्दो रहेको छ, पेट, ग्याष्ट्रिक, खाना मन नलाग्ने, गानोगोला जस्ता समस्या लिएर बिरामीहरु अस्पतालमा आउने गरेका छन्,” उनले भने ।

सरकारले सिफारिस गरेका औषधिहरु बिरामीको स्वास्थ्य जाँच गरेर मात्रै वितरण भइरहेको रामपुर नगरपालिका आयुर्वेद शाखाप्रमुख चेमनप्रकाश पोखरेल बताउँछन् । उनका अनुसार नियमित रुपमा आयुर्वेद औषधि सेवन गर्ने बिरामी बढिरहेका छन् । पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजित लगायतका विभिन्न वानस्पति वस्तुहरु मिसाएर बनाइएको औषधि स्वास्थ्यका लागि हित मानिन्छ ।

सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने रामपुर नगरपालिकाभित्र दुईवटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक÷एकवटा आयुर्वेद औषधालय रहेका छन् ।

यस्तै गत आर्थिक वर्षमा रम्भा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्वेद औषधालय स्थापना गरेको छ भने तिनाउ र निस्दी गाउँपालिकामा प्रदेश सरकारअन्तर्गत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ९ : ३३ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय