२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

रोटरी बुटवलद्वारा सामाजिक मन्त्रालयलाई ५ थान पिसीआर किड सहयोग



बुटवल । रोटरी क्लब अफ, बुटवलले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलाई कोरोना भाइरसको परीक्षणका लागि आवश्यक सामाग्री निःशुल्क प्रदान गरेको छ ।

क्लबले सोमबार मन्त्रालयमा मन्त्री सुर्दशन बराललाई एक कार्यक्रमकावीच पिसीआर किड तथा स्वाव कलेक्सन लिड हस्तारन्तरण गरेको छ ।

रोटरी क्लब अफ बुटवलका अध्यक्ष दिल्लीकुमार श्रेष्ठ, रोटरीका अनगोइन सर्भिस प्रोजेक्ट चेयर कुष्णप्रसाद पराजुली, डा. सागर पौडेलको टोलीले ५ सय थान पिसीआर किड तथा १ हजार थान स्वाव कलेक्सन लिडसहितका सामाग्री मन्त्री बराललाई बुझाएको हो ।

त्यसअवसरमा मन्त्री बरालले कोरोना संक्रमणको उपचार र परिक्षणका लागि सामाग्रीको अभाव भएको समयमा रोटरी क्लबले गरेको सहयोगले धेरै सर्वसाधारण नागरिकको जिवन सुरक्षामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बरालले प्रदेश सरकारकातर्फबाट क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको परिक्षण र उनीहरुको व्यवस्थापनमा विषेश ध्यान दिएको बताउदै रोटरी जस्ता सामाजिक संस्थाहरुले त्यसमा हातेमालो गर्न अुनरोध गर्दै सहयोगको लागि धन्यवाद दिनुभयो ।

रोटरी क्लब अफ, बुटवलका अध्यक्ष दिल्लीकुमार श्रेष्ठले क्लबले दैनिक मजदुरी गरि जिवनयापन गरिरहेका परिवारलाई खाद्यान्न राहात र कोरोना संक्रमणको नियन्त्रणमा आवश्वयक स्वाश्थ्य सामाग्रीहरु निःशुल्क सहयोग दिदै आएको उल्लेख गर्दै पिसिआर किडको अभावलाई कम गर्न रोटरी बुटवलका पहलमा संकलन गरिएको सामाग्री हस्तान्तरण गर्ने अवसर प्राप्त भएको बताउनुभयो । श्रेष्ठले आफुहरुले प्रदान गरिएको सामाग्री सहि र उपयुक्त स्थानमा प्रयोग हुने विश्वास पनि व्यक्त गर्नुभयो

सो सामाग्री रोटरी क्लब अफ, बुटवलको पहलमा रोटरी अमेरिकाबाट सहयोगका रुपमा प्राप्त भएको अनगोइन सर्भिस प्रोजेक्ट चेयर कुष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ५ : ०३ बजे

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको

मोदी प्रमुखअतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी समिट-२०२६’ मा रेनु दाहालले सम्बोधन गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा