४ पुस २०८२, शुक्रबार | December 19, 2025

शिक्षा मन्त्रालयसँग भारतीय दूतावासको तीन अर्बको सम्झौता, ५६ वटा स्कुल पुनर्निर्माण गर्ने



काठमाडौं । भारतीय दुताबासले नेपालका नेपालका ५६ वटा सामुदायिक विद्यालय पुनर्निर्माण गर्दिने भएकोछ ।

दूताबासले सोमबार एक विज्ञप्ति जारी गरी गोखरा, नुवाकोट, धादिङ, दोलखा लगायतका जिल्लामा रहेका ५६ वटा विद्यालय पुनर्निर्माण गरिदिने गर्ने जनाएको हो ।

दूतबास र शिक्षामन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई बीच सात वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दूताबासले विद्यालय पुनर्निर्माणका लागि लागि २ अर्व ९५ करोड रुपैयाँसहयोग गर्ने जनाएको छ।

दूताबासले विज्ञप्तिमा भनेको छ, ‘भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनर्निर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ । भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।’

भूकम्प पश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको दूतावासले जनाएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ६ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको