१६ असार २०८३, मंगलबार | June 30, 2026

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै



बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘डी–म्याक्स डिजिटल बी-टु-सी समिट’ शुक्रबारदेखि बुटवलमा सुरु हुने भएको छ ।

चैत १३ र १४ गते सञ्चालन हुने समिट मिलनचोकस्थित सिद्धार्थ कटेजको सभाहलमा आयोजना हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

समिटमा सूचना प्रविधिका नवीनतम् प्रविधि, उत्पादन तथा सेवाहरूको प्रदर्शनी गरिनेछ । कार्यक्रमको टाइटल स्पोन्सर डी-म्याक्स डिजिटल तथा एसोसिएट स्पोन्सर क्लाउड लिंक प्रा.लि. रहेका छन् ।

क्यान रूपन्देहीका अध्यक्ष जीवन अधिकारीका अनुसार समिटमार्फत विश्व बजारमा आएका नयाँ प्रविधिबारे जानकारी गराउने, व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने तथा उपभोक्ता र व्यवसायीबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने लक्ष्य राखिएको छ ।

दुई दिनसम्म सञ्चालन हुने समिटमा क्यान महासंघका सदस्य संस्थासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरूको सहभागिता रहनेछ । मुख्य प्रदर्शनी हलमा हार्डवेयर, पावर सोलुसन, सफ्टवेयरलगायत प्रविधिसम्बन्धी २८ वटा स्टल रहने जनाइएको छ ।

कार्यक्रममा एचएमसी नेपाल प्रा.लि. प्लाटिनम स्पोन्सर, कम्प्युटेक तथा हाइ-टेक इन्जिनियरिङ प्रा.लि. गोल्ड स्पोन्सर र विभिन्न कम्पनीहरू सिल्भर स्पोन्सरका रूपमा सहभागी हुनेछन् । साथै अन्य सहयोगी संस्थाहरूको समेत सहकार्य रहनेछ भने इन्टरनेट पार्टनरका रूपमा ब्रॉड्लिंक रहनेछ ।

समिटमा कुनै पनि सामानको प्रत्यक्ष खरिद-बिक्री गरिने छैन, तर बुकिङको सुविधा उपलब्ध हुने सचिव सुरेश भट्टराईले जानकारी दिए ।

समिटको अन्तिम दिन चैत १४ गते ‘बी-टु-बी समिट’ समेत आयोजना गरिनेछ, जसले स्थानीय व्यवसायी र अन्तर्राष्ट्रिय आयातकर्ताबीच सहकार्य तथा समन्वय बढाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । साथै स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, शैक्षिक संस्था, आईटी विद्यार्थी तथा व्यवसायीहरूलाई समिट अवलोकन गर्न आयोजकले आग्रह गरेको छ ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले सूचना प्रविधि क्षेत्रको समग्र विकासमा टेवा पुर्‍याउनुका साथै सर्वसाधारणलाई नयाँ प्रविधिसँग परिचित गराउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  १० : ५४ बजे

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा