१९ आश्विन २०८३, सोमबार | October 5, 2026

गर्भवती महिला र वालवालिकाको लागि एनआरएनएले दियो आर्थिक सहयोग



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीहरुको लागि आर्थिक सहयोगको दायरालाई बृद्धि गरेको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले कुवेत र युएईमा अप्ठ्यारोमा परेका नेपाली गर्भवती महिला तथा बालबालिकाहरुको लागि थप आर्थिक सहयोग गर्ने भएको हो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शनिवार सम्पन्न पदाधिकारी बैठकले कोभिड १९ बाट पिडित गैरआवासीय नेपालीहरुलाई तेश्रो चरणअन्तर्गत कुवेत र युएईमा ६, ६ हजार डलर, फ्रान्समा र डेनमार्कमा रहेका नेपालीहरुको लागि २ हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।

संघले हाल सम्म विदेशमा कोभिड पिडित नेपालीको लागि ६६ लाख रुपैयाँ सहयोग गरेको छ ।
श्रेष्ठका अनुसार संघले आवश्यक परेमा कोरोना भाइरसका कारणले समस्यमा परेका नेपालीहरुकालागि अन्य देशमा पनि संघले आर्थिक सहयोग गर्दे जाने नीति लिएको छ ।

यसअघि संघले मलेसिया, बहराईन, स्पेन, पोर्चुगल,ईटाली, माल्टा, कुवेत, युएइ, सउदी अरब र साईप्रसमा कोरोनाबाट प्रभावित नेपालीहरुको लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १ : ०३ बजे

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २६ मा मतदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित