२२ भदौ २०८३, सोमबार | September 7, 2026

गर्भवती महिला र वालवालिकाको लागि एनआरएनएले दियो आर्थिक सहयोग



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीहरुको लागि आर्थिक सहयोगको दायरालाई बृद्धि गरेको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले कुवेत र युएईमा अप्ठ्यारोमा परेका नेपाली गर्भवती महिला तथा बालबालिकाहरुको लागि थप आर्थिक सहयोग गर्ने भएको हो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शनिवार सम्पन्न पदाधिकारी बैठकले कोभिड १९ बाट पिडित गैरआवासीय नेपालीहरुलाई तेश्रो चरणअन्तर्गत कुवेत र युएईमा ६, ६ हजार डलर, फ्रान्समा र डेनमार्कमा रहेका नेपालीहरुको लागि २ हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।

संघले हाल सम्म विदेशमा कोभिड पिडित नेपालीको लागि ६६ लाख रुपैयाँ सहयोग गरेको छ ।
श्रेष्ठका अनुसार संघले आवश्यक परेमा कोरोना भाइरसका कारणले समस्यमा परेका नेपालीहरुकालागि अन्य देशमा पनि संघले आर्थिक सहयोग गर्दे जाने नीति लिएको छ ।

यसअघि संघले मलेसिया, बहराईन, स्पेन, पोर्चुगल,ईटाली, माल्टा, कुवेत, युएइ, सउदी अरब र साईप्रसमा कोरोनाबाट प्रभावित नेपालीहरुको लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १ : ०३ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको