४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना बिरुद्ध संघर्षरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा ‘सलुट’ म्युजिक भिडियो सार्वजानिक



काठमाडौँ । गायक किरण भुजेल, संगीतकार तथा गायक शंकर थापा स्माइल, गायिका बिना भट्टराई र खुशी थुलुङको सुमधुर स्वरमा नयाँ गित “सलुट” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
बरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा विषम परिस्थितिमा कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मान स्वरुप आएको म्युजिक भिडियो उत्पादकहरुले बताएकाछन् ।

कोभिड-१९ को महामारी तथा लकडाउनको जटिल अबस्थामा अग्रपंक्तिमा रहेर सेवामा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी सुरक्षाकर्मि तथा समाजसेवीहरुको मनोबल बढाउन तथा उनीहरुलाई हौसला प्रदान गर्न गीतकार अम्बिका गुरुङको रचनामा मुलुक प्रति समर्पित हुँदै मार्मिक गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो ।

सयौं गीतहरुमा आफ्नो शब्द द्वारा दर्शक श्रॊतहरुको मन जित्न सफल गीतकार गुरुङको यस भिडियोले समसामाहिक बिषय बस्तुलाइ समेटेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १२ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको