४ पुस २०८२, शुक्रबार | December 20, 2025

भारतलाई पाकिस्तानी प्रधानमन्त्री खानको अफर, ‘तिम्रो मुलुकका भोका नागरिकलाई हामी सहयोग गर्छौ”



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतलाई कोरोना भाइरस विरुद्ध लड्न मद्दत गर्ने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री खानले कोरोना प्रभावित भारतीय जनताका लागि पाकिस्तानको एहसास कार्यक्रममार्फत सहयोग गर्ने बताएका हुन् ।

खानले ट्वीट गर्दै भनेका छन्, ‘लकडाउनका कारण भारतबासी नराम्रोसँग प्रभावित भएका छन् । उनीहरुलाई सहयोग गर्न पाकिस्तानको एहसास कार्यक्रमको प्रयोग गर्नका लागि प्रस्ताव गर्दछु ।’

पाकिस्तानमा एहसास कार्यक्रममार्फत गरिब परिवारलाई आर्थिक सहायता दिईदै आएको छ । कोरोना भाइरसको महामारीसुरु भएपछि गरिएको लकडाउनका बीचमा समस्यामा परेका पाकिस्तानी नागिरकलाई आर्थिक मद्दत गर्न यो कार्यक्रम प्रभावकारी ढ्रंगले प्रयोग गरिएको छ ।

पाकिस्तानमा एहसास कार्यक्रमका प्रमुख सानिया निस्तरले ट्वीट गर्दै एक करोड बढी पाकिस्तानी जनतालाई १२१ अर्ब पाकिस्तानी रुपैयाँ मद्दत गरेको जनाएकी छन् ।

कोरोना भाइरस फैलिनबाट रोक्न भन्दै भारतले गत चैत्र १२ गतेबाट लकडाउन लगाउन सुरु गरेको थियो । लकडाउनका कारण भारतका करोडौं गरिब जनता नराम्रोसँग प्रभावित भएका छन् । कतिपय भारतीय खान नपाएर मृत्यु भएको समाचार भारतीय संचारमाध्यममै प्रकाशित प्रसारित गरिएका छन् ।

अमेरिकाका दुई विश्वविद्यालय एवं मुम्बईस्थित एक संस्थाको रिपोर्ट अनुसार लकडाउनका कारण ८४ प्रतिशत घरपरिवारको आम्दानी घटेको छ । यसका साथै ३४ प्रतिशत जनता अरुको सहायता विना एकहप्ता बढी बस्न सक्दैनन् ।

भारत र पाकिस्तानबीच दुश्मनीपूर्ण सम्बन्ध रहँदै आएको छ ।
-एजेन्सी

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ५ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको