९ कार्तिक २०८३, सोमबार | October 27, 2026

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)



काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत ‘पैसा’ सार्वजनिक भएको छ । उच्चस्तरीय दृश्य निर्माणसहित तयार पारिएको उक्त म्युजिक भिडियोमा प्रिति आले, बबिता धिताल र डिमिट्रीको अभिनय रहेको छ ।

गीतमा स्वर, शब्द तथा संगीत प्रिति आलेकै रहेको छ भने संगीत संयोजन राकेश सोनीले गरेका छन् । रेकर्डिङ कमल मगरले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् । गीत प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडियोको निर्देशन पनि प्रिति आलेले नै गरेकी हुन् । भिडियोमा क्लब १६ को नाइटलाइफ अनुभवलाई आकर्षक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

कोरियोग्राफी थम्मन तडी (टक्की) ले गरेका छन् भने छायांकन दुर्गा पौडेल र गणेश सापकोटाले गरेका छन् । भिडियो सम्पादन नवीन घर्ती मगरले गरेका हुन् । उत्पादन व्यवस्थापन राम लामाले सम्हालेका छन् भने मेकअप आर्टिस्टका रूपमा बिनिता तामाङ रहेकी छन् । पोस्ट–प्रोडक्सन एड्भेन्चर इन्टरटेनमेन्टले गरेको हो ।

निर्माण पक्षका अनुसार ‘पैसा’ केवल गीत मात्र नभई विशेष अनुभूति दिने प्रयासका रूपमा तयार गरिएको छ । क्लब १६ इन्टरटेनमेन्टले आगामी दिनमा पनि यस्तै नयाँ सामग्री सार्वजनिक गर्ने जनाएको छ ।

भिडियो

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ७ : १३ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता