५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ वटा मालवाहक सवारी साधन नियन्त्रणमा लिएको छ ।

प्रहरीले ६ वटा टिप्पर र ३ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।

सवारी धनीहरूले ढालाको स्वरूप परिवर्तन गरी कम परिमाणको सामग्री ढुवानी गर्ने तर ग्राहकबाट पूर्ण क्षमताको रकम असुल्ने गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

बुधबार सैनामैना र बुटवल क्षेत्रबाट ती सवारी साधन नियन्त्रणमा लिइएको हो । अनुसन्धानका क्रममा सामान्यतया ४५० घनफिट क्षमता भएका टिप्परहरूलाई परिमार्जन गरी करिब ४०० घनफिट मात्र ढुवानी गर्ने तर ग्राहकबाट पूर्ण क्षमताकै आधारमा भाडा असुल्ने गरेको खुलेको छ । त्यस्तै, ट्र्याक्टरहरूमा पनि यस्तै प्रकारको ठगी भइरहेको भेटिएको छ ।

एक टिप्पर व्यवसायीका अनुसार विशेषगरी क्रसर व्यवसायीहरूले गिट्टी तथा बालुवामा कम परिमाण उपलब्ध गराएर ग्राहक ठग्ने प्रवृत्ति देखिएको छ । प्रहरीको कारबाहीपछि पीडित सेवाग्राहीहरूले विभिन्न स्थानबाट गुनासो दिन थालेका छन् । प्रारम्भिक अनुसन्धानअनुसार यसरी प्रत्येक पटक ६/७ हजार रुपैयाँसम्म ठगी हुने गरेको पाइएको छ ।

यसअघि पनि प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान अन्तर्गत ठूलो आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरिएका ५० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ८ : ४९ बजे

आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको प्लेअफ प्रतियोगिता नेपालमा

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा