१७ आश्विन २०८०, बुधबार | October 4, 2023

संविधान संशोधन विधेयक पारित हुँदै, राष्ट्रियताको पक्षमा राजनीतिक दलहरुबाट अभूतपूर्व एकता प्रदर्शन हुने



काठमाडौं । विक्रम संवत २०७२ साल असोज ३ गते नेपालको नयाँ संविधान जारी गर्ने बेलामा मुख्य राजनीतिक दलहरुबीच एकता प्रदर्शन भएको थियो ।

भारतको चरम दबाबका बीच संविधान जारी गरेपछि नेताहरुले सैनिक मञ्च टुँडिखेलमा आयोजित स्वागत कार्यक्रममा संविधान जारीगर्दा उच्च राजनीतिक एकता प्रदर्शन भएकोमा सबै दलका नेताहरुले सन्तोष व्यक्त गरेका थिए ।

यसपटक सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको संशोधन प्रस्तावको पक्षमा संसदमा भएका सबै राजनीतिक दलहरुबीच अभूतपूर्व एकता प्रदर्शन भएको छ । नेपालकै राजनीतिक इतिहासमा संविधान संशोधन विधेयक पास हुने आज (शनिबार)को दिनको सधैंभर स्मरण रहने प्रष्ट भएको छ । किनकी संविधानका सामान्य औषत धारा उपधाराहरुको परिवर्तन हुँदैछैन । आजको दिनमा देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, र देशभक्तिको विषयमा अभूतपूर्व राजनीतिक सहमतिको अनुपम नमुना पेश हुँदैछ । छिमेकी भारतको विस्तारवादी सोच, उपनिवेशवादी सोच र आफ्ना छिमेकीहरुप्रतिको हैकमवादी वैरभाव विरुद्ध नेपालमा अभेद्य राजनीतिक एकता प्रदर्शन भएको छ ।

प्रतिनिधिसभाको शनिबार दिउँसो बस्ने १ बजे बस्ने बैठकमा सरकारले केही दिन पहिले दर्ता गराएको संविधान संशोधन विधेयक पास हुँदैछ । बैठकमा संसदमा रहेको नेपालको संविधानमा नेपालको नयाँ नक्शासहितको निशान छाप परिवर्तनका लागि संविधान विधेयक पारित गर्ने कार्यसूचि तय भैसकेको छ ।

शनिबार संसदमा संविधान संशोधन विधेयक पास भएपछि भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नेपाली भूभागलाई समेटेर बनाएको नयाँ नक्शाले औपचारिक रुपमा संवैधानिक मान्यता प्राप्त गर्नेछ ।

शनिबारको बैठकमा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

विधेयकको पक्षमा सबै राजनीतिक दलले समर्थन गर्ने निर्णय गरिसकेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले केही दिन अघि नै विधेयकमा समर्थन जनाइसकेका छन् । मधेशमा मुख्य राजनीतिक गतिविधि केन्द्रित रहेको जनता समाजवादी पार्टी (पूर्व राजपा र समाजवादी पार्टी)ले शुक्रबार संविधान संशोधन विधेयकमा समर्थन जनाउने निर्णय गरेको छ ।

संसदमा रहेका मुख्य राजीतिक दलहरुबाहेक स्वतन्त्रको हैसियतमा रहेका नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विधेयकमा समर्थन जनाउनेछन् । संसदमा उपस्थित रहेका सबै सांसदहरुको एकमतले संविधान संशोधन विधेयक पारित हुनेछ ।

गत जेठ २७ गते संशोधन विधेयकमा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले विधेयकको पक्षमा मतदान गर्ने प्रतिवद्धता गरेका थिए भने भारतबाट अतिक्रमित भूमि फिर्ता गर्न सरकारलाई तत्काल भारतसँग वार्ताका लागि दबाब दिन आग्रह पनि गरेका थिए ।

त्यसो त, विधेयक अघि नबढाउन छिमेकी भारतले निकै जोडबल गरेको थियो । यसबीचमा विभिन्न दलका नेताहरुलाई भड्काउने काम भारतीय पक्षबाट हुँदै आएको छ । संविधान संशोधन विधेयकलाई नाटक भन्नेहरु देखि नेपाली भूमि फिर्ता भए प्रधानमन्त्रीको जुत्ता पालिस गर्छु भन्ने सांसदहरु पनि संसदभित्रै रहेका छन् ।

सांसद सरिता गिरीले त प्रमाण नपुगि सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको भन्दै विधेयक खारेजीको मागसहित संशोधन प्रस्ताव दर्ता गराएकी छिन् । गिरीको प्रस्तावलाई सम्भवतः सभामुख अग्नि सापकोटाले अस्वीकृत गर्ने सम्भावना रहेको छ । देशको भौगोलिक अखण्डता र विधेयकको मूल मर्मविपरीत संशोधन प्रस्ताव दर्ता भएको भन्दै सभामुखले अस्वीकृत गर्न सक्ने छन् ।

संशोधन प्रस्ताव फिर्ता लिन दिएको निर्देशन उल्लंघन भएपछि त्यसै विषयमा छलफल गर्न राजपा संसदीय दलको बैठक समेत आजै संसद सुरुहुनुअघि बस्दैछ ।

 

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ८ : ०३ बजे

बुटवल उपमहानगरपालिकालाई २ दर्जन सुझावसहित एमालेको ध्यानाकर्षण पत्र

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे

झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते, नेपालगन्जमा सेना परिचालन

नेपालगन्ज । बाँकेको नेपालगन्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा

CNI suggests IMF not to influence Nepal’s policy making

Kathmandu: The Confederation of Nepalese Industries (CNI) has suggested the

अर्थमन्त्री र एमसीसीका सीईओबीच भेट

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले चाडपर्वमा खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव