१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

पिसिआर र आरडिटी किट पर्याप्त नभएको गुनासो



गुल्मी । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुल्मीका स्थानीय तहका क्वारेन्टिनको अनुगमन गरेका छन् ।

जिल्लाका सत्यवती, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाका क्वारेन्टिन र आइसोलेशन कक्षको शुक्रबार अनुगमन गरेका मन्त्री बरालले स्थानीय स्रोतसाधन परिचालन गरी बनाइएका क्वारेन्टाइन कक्षमा सामाजिक दूरी, शौचालय तथा क्वारेन्टिनमा बस्ने नागरिकका समस्याका बारेमा चनाखो बन्न सुझाव दिए ।

मन्त्री बरालसँग स्थानीय तहले पिसिआर रिपोर्ट आउन ढिलाइ हुँदा संक्रमण फैलिने डर बढी भएको, प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामग्री आउन नसकेको, पिसिआर तथा आरडिटी किट पर्याप्त हुन नसकेको जस्ता गुनासा राखेका थिए ।

छलफलका क्रममा बरालले जिल्लामा कोरोना रोकथामका लागि कुनै पनि हालतमा आर्थिक समस्या हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बराललाई गुल्मीमा क्वारेन्टिनको अवस्था, व्यवस्थापन एवं कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइपरेका समस्याबारे प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिएका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ८ : १८ बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक