४ पुस २०८२, शुक्रबार | December 20, 2025

पिसिआर र आरडिटी किट पर्याप्त नभएको गुनासो



गुल्मी । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुल्मीका स्थानीय तहका क्वारेन्टिनको अनुगमन गरेका छन् ।

जिल्लाका सत्यवती, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाका क्वारेन्टिन र आइसोलेशन कक्षको शुक्रबार अनुगमन गरेका मन्त्री बरालले स्थानीय स्रोतसाधन परिचालन गरी बनाइएका क्वारेन्टाइन कक्षमा सामाजिक दूरी, शौचालय तथा क्वारेन्टिनमा बस्ने नागरिकका समस्याका बारेमा चनाखो बन्न सुझाव दिए ।

मन्त्री बरालसँग स्थानीय तहले पिसिआर रिपोर्ट आउन ढिलाइ हुँदा संक्रमण फैलिने डर बढी भएको, प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामग्री आउन नसकेको, पिसिआर तथा आरडिटी किट पर्याप्त हुन नसकेको जस्ता गुनासा राखेका थिए ।

छलफलका क्रममा बरालले जिल्लामा कोरोना रोकथामका लागि कुनै पनि हालतमा आर्थिक समस्या हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बराललाई गुल्मीमा क्वारेन्टिनको अवस्था, व्यवस्थापन एवं कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइपरेका समस्याबारे प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिएका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ८ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको