१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

होलीमा रमाए विदेशी पर्यटक



पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी तथा विदेशी पर्यटकले होली मनाएका छन् ।

विगतमा यहाँ भव्य रूपमा होली उत्सव मनाउने गरिए पनि यस पटक औपचारिक कार्यक्रम गरिएको थिएन, तर लेकसाइड क्षेत्रमा रहेका पर्यटकले स्थानीयसँगै मिलेर रङ्ग खेलेर होली मनाएका हुन् ।

रङ खेल्न पाउँदा पर्यटकहरू दङ्ग देखिन्थे । पोखरामा पहिलोपटक आएकी चिनियाँ पर्यटक सियोङले रङ खेलेर रमाइलो गर्दा धेरै खुसी लागेको बताइन् । “हामी धेरै खुसी भयौँ। नेपालीसहित साथीहरू मिलेर निकै रमाइलो ग¥यौँँ”, उनले भनिन् ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिताका कारण होलीका लागि अनुमति नदिएपछि औपचारिक कार्यक्रम नगरिए पनि पर्यटकहरूले स्वतस्फूर्त रूपमा रमाइलो गरेको रेष्टुराँ एण्ड बार एसोसिएसन(रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए ।

“यति बेला पोखरामा विदेशी पर्यटक राम्रै छन् । उनीहरूले स्थानीयसँग मिलेर होलीमा रमाइलो गरेका हुन्”, उनले भने ।

लेकसाइडको मुख्य सडक क्षेत्रसहित ताल किनारमा बसेर स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न रङमा रङ्गिएर रमाइलो गरेका हुन् । विगतका वर्षमा पोखरामा सार्वजनिक रूपमा होली उत्सव आयोजना हुने गरेको थियो ।

यस वर्ष भने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहितालाई मध्यनजर गरेर होलीलगायत अन्य सार्वजनिक कार्यक्रममा जिल्ला प्रशासनले रोक लगाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  १० : ४१ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित