५ श्रावण २०८३, मंगलबार | July 22, 2026

संविधान संशोधन सर्वसम्मत पारित भएको खुशीयालीमा देशभर प्रदर्शन



बुटवल । नेपालको निशान छापमा नेपालको नयाँ नक्सा प्रयोग गर्ने संविधान संशोधन विधेयक प्रतिनिधिसभामा सर्वसम्मत पारित भएपछि देशभर खुशियाली मनाइएको छ ।

निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि बुटवल, काठमाडौं लगायत देशभर खुशियाली मनाइएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ ।

बुटवलमा आयोजित खुशीयाली सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य दधिराम न्यौपाने र रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदीले सम्बोधन गरेका छन् ।

नेताहरुले सम्बोधनका क्रममा अब नयाँ नक्शालाई आधार बनाएर सरकारले भारतसँग छिटो वार्ता गर्नुपर्ने बताए । भारतले नेपालको अतिक्रमित जमिनबाट तत्काल आफ्ना सेना हटाउन पनि उनीहरुले माग गरे । राष्ट्रिय एकताको पहल गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डको प्रशंशा गरे ।

यस्तै, काठमाडौंको माइतीघर मण्डला, पोखरा, नेपालगन्ज लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका छन् ।

मण्डलामा दिप प्रज्वलन गर्ने कार्यक्रम आयोजना गरिए पछि पानी परेको कारण रोकिएको छ ।

संसदमा रहेका सबै राजनीतिक दलहरुबीच राष्ट्रिय एकताको पक्षमा एकमत भएको भन्दै सर्वसाधारणहरुले खुशी व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ७ : २७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं