२४ मंसिर २०८०, आइतबार | December 10, 2023

संविधान संशोधन सर्वसम्मत पारित भएको खुशीयालीमा देशभर प्रदर्शन



बुटवल । नेपालको निशान छापमा नेपालको नयाँ नक्सा प्रयोग गर्ने संविधान संशोधन विधेयक प्रतिनिधिसभामा सर्वसम्मत पारित भएपछि देशभर खुशियाली मनाइएको छ ।

निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि बुटवल, काठमाडौं लगायत देशभर खुशियाली मनाइएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ ।

बुटवलमा आयोजित खुशीयाली सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य दधिराम न्यौपाने र रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदीले सम्बोधन गरेका छन् ।

नेताहरुले सम्बोधनका क्रममा अब नयाँ नक्शालाई आधार बनाएर सरकारले भारतसँग छिटो वार्ता गर्नुपर्ने बताए । भारतले नेपालको अतिक्रमित जमिनबाट तत्काल आफ्ना सेना हटाउन पनि उनीहरुले माग गरे । राष्ट्रिय एकताको पहल गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डको प्रशंशा गरे ।

यस्तै, काठमाडौंको माइतीघर मण्डला, पोखरा, नेपालगन्ज लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका छन् ।

मण्डलामा दिप प्रज्वलन गर्ने कार्यक्रम आयोजना गरिए पछि पानी परेको कारण रोकिएको छ ।

संसदमा रहेका सबै राजनीतिक दलहरुबीच राष्ट्रिय एकताको पक्षमा एकमत भएको भन्दै सर्वसाधारणहरुले खुशी व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ७ : २७ बजे

निर्माण सामग्रीको अभावमा राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट

यू-१९ एशिया कप : अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडौं । एसीसी यू-१९ एशिया कप अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई

उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित

डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

मुगु । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक

पृथ्वीराजमार्गको पश्चिम खण्ड २० किमि छ लेनको बन्ने

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ