१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

आजको मौसम : देशभरको मौसममा बदली, केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना



काठमाडौं । अहिले नेपालको पूर्वी भागबाट मनसुनी वायुको प्रवेश भैसकेको छ भने पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव पनि कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ र सुदुर पश्चिम प्रदेशका तराई क्षेत्रमा र देशभरका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ र प्रदेश २ मा पूर्ण बदली रही देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहनेछ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी प्रदेश १ र प्रदेश २ को एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राती सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ७ : ०७ बजे

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध