८ कार्तिक २०८३, आइतबार | October 25, 2026

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने



खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत प्राधिरण खजुरा शाखाले उपभोक्ताको गुनासो सम्बोधन गरेको जनाएको छ । नेपाल बिद्युत प्राधिकरण खजुरा उप वितरण केन्द्रको क्षेत्रमा पर्ने बजार तथा ग्रामीण बस्तीहरूमा भोल्टेज सुधार गरिएको हो ।

प्राधिकरण खजुरा उप वितरण केन्द्रको क्षेत्रमा पर्ने बजार तथा ग्रामीण बस्तीहरूमा भोल्टेज सुधारका लागि आवश्यक स्थानमा ट्रान्सफर्मर जडान, पुराना विद्युत संरचनाको क्रमिक स्तरोन्नति तथा नयाँ लाइन विस्तारका कार्यहरू सम्पन्न गरिएको उप वितरण केन्द्र खजुराका प्रमुख दिनेशकुमार वलीले जानकारी दिए ।

नेपालगन्ज वितरण केन्द्र प्रमुख सञ्जय कुमार मिश्रको निर्देशनमा विद्युत सेवाबाट वञ्चित, आवाजविहीन तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी विद्युत पहुँच विस्तारलाई प्राथमिकता दिइएको वलीले बताए ।

उनका अनुसार भोल्टेज सुधार कार्यबाट घरेलु तथा व्यावसायिक ग्राहकसँगै सिँचाइ ग्राहक तथा कृषक समुदायले समेत प्रत्यक्ष लाभ प्राप्त गर्नेछन् । ‘सुधार अभियानले खजुरा क्षेत्रको विद्युत आपूर्तिलाई थप गुणस्तरीय, भरपर्दो र सुरक्षित बनाउँदै ग्रामीण तथा विपन्न समुदायको सामाजिक–आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।’ उनले भने ।

वलीले दशै आगाडिनै नंयालाईन बिस्तार तथा बितरण लाईन सुधारको लागि प्राथमिकताका साथ झन्डै ५०० पोल गाड्ने तथा आवश्यक परेका स्थानमा ट्रान्सर्फमर जडान गर्ने कार्यलाई प्राथमिकता दिईएको जनाए ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १२ : २६ बजे

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै

भारतमा बाँध परियोजना विरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा