२५ भदौ २०८३, बिहिबार | September 10, 2026

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै



नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीहरुका कुरुवाहरुका लागि बिरामी कुरुवाघर संचालनमा ल्याउने भएको छ । लायन्स क्लव अफ खजुराको समन्वयमा सुशील काइराला प्रखर क्यान्सर अस्पतालले कुरुवाघर संचालनमा ल्याउने भएको हो ।

क्यान्सरको उपचारका लागि अस्पताल आउने बिरामीका कुरुवाहरुलाई शुलभ र न्युनतम शुल्कमा उपलब्धहुने गरि कुरुवाघर संचालन गरिने अस्पतालका बाल क्यान्सर बिभागका प्रमुख एवम कुरुवाघर व्यवस्थापन समितिका संयोजक डा. सुवास मेहेताले बताए । क्यान्सरको उपचारमा लामो समय केमो, थेरापी सेवा लिँदा बस्नुपर्ने बिरामीका कुरुवालाई कुरुवाघरको सेवाले ठेलो राहत मिल्ने अपेक्षा गरिएको डा. मेहेताले बताए ।

यसअघि क्यान्सर उपचारका लागि अस्पताल आएका बिरामीका कुरुवाहरु महङगो होटल वा कोठा भाडामा लिएर बस्न बाध्य बन्दै आएका थिए । संचालनको तयारीमा रहेको कुरुवाघरमा १५ वटा सुबिधा सहितका कोठाहरु रहेका छन् । लायन्स क्लवले निर्माण गरिदिएको सो भवन अघिल्लो वर्ष अस्पताललाई हस्तान्तरण गरेपनि अस्पतालले संचालनमा ल्याएको थिएन ।

कुरुवाघर संचालनका लागि अस्पतालले डा. मेहेताको संयोजकत्वमा ५ सदस्सीय व्यवस्थापन समिति बनाएको खजुरा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले बताए । समितीमा राजेश रिजाल, पुजा उपाध्याय र भुवन खनाल सदस्य रहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ११ : ३७ बजे

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ

नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै