२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटना, प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु



परासी । सवारी दुर्घटनामा परी पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको ज्यान गएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा उनी चढेको गाउँपालिकाको स्कार्पियो गाडी लु १ झ ३७० पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ स्थित लक्ष्मीनगर पुलमा ठोकिएर गाडी खोलामा झरेरको थियो ।

दुर्घटनाममा गम्भिर घाइते भएका अध्यक्ष शर्माको नजिकैको चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक र शर्मासँगै कारमा रहेका प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन् घाइते भएका छन् ।

बर्दघाटस्थित चिसापानीमा रहेको उनको शव घर लैजान तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  १ : १४ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद