२२ जेष्ठ २०८०, सोमबार | June 5, 2023

गण्डकीमा कोरोना संक्रमित २०५ पुगे, बिहानै थपिए ६ जना



पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०५ पुगेको छ । सोमबार बिहान ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या २०५ पुगेको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयले बिहानै ५ जनामा संक्रमण भएको जनाएको थियो भने त्यसको केही समय पछि थप १ जनामा संक्रमण देखिएको जनाएको थियो ।

तनहुँ घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमित सबैलाई तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको जी।पी। कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा लगिएको छ ।

यस्तै, पछिल्लो विवरण अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बौदीकाली गाउँपालिकाका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षका का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनलाई नवलपरासी रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ७ : २२ बजे

विश्पकप क्रिकेट छनौट खेल्न आज सन्दीप लामिछाने अफ्रिका जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने

आज वातावरण दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस

मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रे

अकला मन्दिर पुनःनिर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक

उडिसा दुर्घटनाको ५१ घन्टा पछि एक लेनको रेल सेवा सुचारु, दोस्रो चाँडै हुने

उडिसा । उडिसा रेल दुर्घटना पछि अबरुद्ध हुन पुगेको रेल