१ आश्विन २०८३, बिहिबार | September 17, 2026

गण्डकीमा कोरोना संक्रमित २०५ पुगे, बिहानै थपिए ६ जना



पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०५ पुगेको छ । सोमबार बिहान ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या २०५ पुगेको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयले बिहानै ५ जनामा संक्रमण भएको जनाएको थियो भने त्यसको केही समय पछि थप १ जनामा संक्रमण देखिएको जनाएको थियो ।

तनहुँ घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमित सबैलाई तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको जी।पी। कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा लगिएको छ ।

यस्तै, पछिल्लो विवरण अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बौदीकाली गाउँपालिकाका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षका का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनलाई नवलपरासी रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ७ : २२ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा