२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोना भाइरसका संक्रमित सोमबार ४५१ जना थपिए, संक्रमितको संख्या ६२०० माथि



काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । सोमबार मात्रै ३५ महिला र ४१६ पुरुषसहित ४५१ जना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार सबैभन्दा धेरै १३९ जना संक्रमित देखिएका छन् । यस्तै, कर्णाली प्रदेशको जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १०७ जना संक्रमित देखिएका छन् ।

विराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका १ जनामा संक्रमण देखिएको छ भने नारायणी अस्पतालको प्रयोगशालाबाट पर्सा र रौतहटका ११ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, धनगढीस्थित सेती अस्पतालको प्रयोगशालाबाट अछाम, कैलाली र डोटीका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ५ जनामा संक्रमण देखिएको छ ।

यस्तै, जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट महोत्तरी २० र धनुषाका ४ जना गरी २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मीका २ र रुपन्देहीका ७ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, धुलिखेल अस्पतालको प्रयोगशालाको परीक्षणबाट रोल्पाका ४ र काठमाडौंका १ जनामा कोरोना देखिएको छ भने दाङस्थित राप्ती विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १ जनापुरुषमा कोरोना देखिएको छ ।हेटौंडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा २५ जना संक्रमित थपिएका छन् ।

यसैगरी, पाटन अस्पतालको प्रयोगशालामा ललितपुरका १ जना र काठमाडौंका २ जनागरी ३ जनामा संक्रमण देखिएको छ भने टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालको प्रयोगशालाबाट धादिङका ९ जना र काठमाडौंका १ जना गरी १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । जसमध्ये ५ हजार ७४० पुरुष र ४७१ महिला रहेका छन् ।

आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ५ हजार १५१ पुगेको छ । यस्तै, क्वारेन्टिनमा रहेकाहरु १ लाख ३८ हजार ८२९ जना रहेका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ४ : ३४ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय