१६ श्रावण २०८३, शनिबार | August 1, 2026

आजबाट सबै प्रकारका सवारी पास रद्द



काठमाडौं । बिभिन्न बहानामा जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर बसेका सर्बसाधरणलाई गृहले फेरी अंकुश लगाईदिएको छ । गोजीमा पास छ भन्दैमा ढुक्क भएर बाहिर निस्कने प्लान छ भने रोकिनुभए हुन्छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकाभित्र जारी भएका सबै सवारी पासहरु रद्ध गरिएको छ।

गृह मन्त्रालयले आजबाट सबै प्रकारको पास रद्ध गरेको जानकारी दिएको हो। जिल्ला प्रशासन लगायत विभिन्न स्तानीय तह र निकायहरुले लकडाउनको समयमा सवारी पास जारी गरेका थिए। मन्त्रालयले सबै प्रकारका सवारी पास रद्द गरेको बताएको छ ।

जोरविजोर प्रणाली लागू भइसकेपछि पास आवश्यक नपर्ने भन्दै रद्ध गराएको गृह मन्त्रायलले जानकारी दिएको छ। मन्त्रालयले पूर्णरुपमा जोर बिजोर प्रणाली कार्यान्वयन गराउन मातहतका निकायलाई निर्देशन पनि जारी गरिसकेको छ ।
निजी सवारी साधनहरुले काठमाडौं उपत्यकाभित्र जोर गते जोर नम्बर प्लेट भएका सवारी साधन र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी साधन चलाउन पाउने छन्। यो नियम मोटरसाइकलमा समेत लागू छ।

अन्य जिल्लाबाट काठमाडौं आउनको लागि जारी गरिएका पासहरु (छोटो अवधिका) भने यथावत रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। सरकारले तय गरेको निजी सवारी साधनमा चालक बाहेक २ जनामात्र बस्न पाउने निर्णयलाई भने गृहले निरन्तरता दिने भएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ८ : ४५ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई