१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

लसुनको पकेट क्षेत्र बन्दै रुकुम, मकै आलु भन्दा लसुनले समृद्द बन्दै रुकुमेली किसान



रुकुम । कुनै बेला मकै र आलु बाहेक अन्य कृषि उत्पादन नहुने जिल्लाकारुपमा रहेको रुकुम पछिल्लो समय इलममा लागेको छ । यो वर्ष मात्र रुकुम पश्चिम मुसीकोट नगरपालिका–१० का किसानले करिव १४० क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका झ्याङ, चौर, गलमपाटी, चुन लगायतका गाउँमा लसुनखेती गर्ने गरिएको छ ।

उत्पादित लसुन जिल्ला बाहिर निर्यात समेत हुने गरेको छ । यसै वर्ष मुसिकोटमा जिल्ला बाहिर १०६ क्विन्टल लसुन बेचेर १३ लाख भित्रिएको छ । लसुन खेतीबाट मात्र त्यहांका किसानले रु २०/२५ हजारदेखि सवा लाख बढीसम्म आम्दानी गरेका छन् ।

वडा कार्यालयको पहलमा तीन लाख ५० हजार मूल्य बराबरको ३४ क्विन्टल लसुन बीउका लागि गाउँमै राखिएको छ । यो वर्ष किसानले लसुनमा प्रतिकिलो रु १०० पाएका छन् । गत वर्ष प्रतिकिलो रु ८० मा लसुन बिक्री गरेका थिए ।
उत्पादित लसुनले बजार पाएपछि किसान हर्षित भएका छन् । दाङका व्यापारीले गाउँमै आएर लसुन खरिद गरेर लगेको किसानले बताएका छन् । दुई वर्ष अगाडिसम्म लसुनले बजार नपाएर चिन्तित बनेका किसानहरु गत वर्षदेखि भने वडा कार्यालयको पहलमा बजार पाएपछि लसुनखेतीमा आकर्षित भएका छन् ।

अघिल्लो वर्ष आलु र मकै खेति गर्ने किसानहरु पनि लसुनले राम्रो मुल्य पाउन थालेपछि किसानहरु लसुन खेतीमा आकर्षित भएकाछन् । वडाका धेरै ठाउँमा लसुनखेती हुन थालेको किसान झुपलाल खड्काले जानकारी दिए ।

मुसिकोट संगै जोडिएको चुनवाङमा पनि लसुन खेती प्रति किसानको आकर्षण बढ्दै गएको छ । अघिल्लो वर्ष राम्रो मुल्य नपाएर निरास भएका किसानहरु यस वर्ष भने प्रति केजी १०० रुपैयां सम्म मुल्य पाएपछि केहि खुसी भएका छन् । चुनवाङका जन प्रतिनिधि बिबेक पुनले आफ्नो वडाबाट मात्र १०० क्वीन्टल लसुन बेच्न किसान सफल भएको बताए । उनले ब्यापारीहरु घरमै आएर लसुन खरिद गरिदिने गरेपछि किसानलाई बजारको अभाव नभएको उनले बताए ।

रुकुममा वडा कार्यालयले नै किसानका लागि बीउको व्यवस्था गर्ने गरेको छ । रुकुम पश्चिम मुसिकोट १० नम्बर वडा कार्यालयले मात्र दुई हजार २०० किलो लसुनको बीउ उपलब्ध गराउने लक्ष्य राखेको छ ।

राज्यले उपयुक्त कृषि निती बनाएर अगाडी बढ्न सके रुकुमलाई लसुनको पकेट क्षेत्र बनाउन सकिने प्रदेश ५ सभामा सभामुख पुर्ण घर्तिका स्वकिय सचिव समेत रहेका स्थानीय किसान ध्रुव बिक्रम ओलीले बताए ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : १७ बजे

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल